Friday, April 26
Shadow

अनेरास्ववियु(क्रान्तिकारी)को १५ औं जिल्ला सम्मेलन हुने


  • -इ
  • इ+

लक्ष्मण श्रेष्ठ
२५ भाद्र,काठमाडौं ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी नुवाकोटको १५ औं जिल्ला सम्मेलन भाद्र २९ गते होटल याङ्ग्रा ढुङ्गेमा हुने भएको छ ।

वैज्ञानिक र समाजवादी शिक्षा प्राप्तिका लागि हाम्रो अभियान नाराका साथ सुदृढ निर्माण सँगठनका लागि जिल्ला सम्मेलन गर्न लागेको अनेरास्ववियु(क्रान्तिकारी)ले जनाएको छ ।

शिक्षा क्षेत्रमा आईपर्ने विभिन्न खालका वेथिति समस्याहरुलाई समाधान गर्नका लागि र वैज्ञानिक शिक्षा प्रणालीको वृद्धि र बिकासका लागि महत्वपूर्ण भूमिका खेल्ने जिल्ला क्याम्पस इन्चार्ज राजेन्द्र पनेरुले बताएका छन् ।

दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय रहेको नुवाकोटमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको भेला भईरहेको छ । समाजमा रहेका हरेक नकारात्मक कुराहरुलाई शिक्षाले नै सकारात्मक परिर्वतनका लागि महत्व पूर्ण भूमिका खेल्ने हुदाँ सँगठनलाई अझ मजवुत तथा विस्तार गर्न आवश्यक रहेको उनले बताएका छन् ।

वर्तमान परिपेक्षलाई हेर्नु पर्दा शिक्षा क्षेत्रमा विभिन्न तवर बाट विवाद भईरहेको छ । बिद्यार्थीहरुलाई अलमलमा पार्ने उनिहरुको भबिष्य नै अध्यारोमा पार्ने क्रियाकलापहरुको बद्दो क्रम रहेको पाईन्छ । यस्ता समस्याहरुलाई समाधान गर्नका लागि विद्यार्थी सँगठनहरुले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सम्मेलनलाई भव्यताका साथ सफल पार्नका लागि अनेरास्ववियू(क्रान्तिकारी) प्रति आस्था राख्नेहरुलाई सहभागि हुन पनेरुले आग्रह गरेका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares