Saturday, April 20
Shadow

बन्चरे डाँडामा सदाका लागि फोहोर बन्द गर्न स्थानियले गरे आन्दोलन


  • -इ
  • इ+

काठमाण्डौं, असोज २

लक्ष्मण श्रेष्ठ
नुवाकोट, ककनी गाउँपालिकाको वडा नं २ बन्चरे डाँडामा फोहोरमैला सदाकालको लागि बन्द गर्न स्थानियले आन्दोलन गरेका छन् । संबिधानले सुनिस्चित गरेको मौलिक हक भित्र पर्ने सबै नागरिक सो सरह स्वच्छ वातावरणमा बाच्न पाउने अधिकार हनन् नगर, आफ्नो फोहोर आफै व्यवस्थापन गर भन्दै धादिङ धुनिवेशि नगरपालिकाका मेयर बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।

विगत १६ वर्ष देखि नुवाकोटको ककनी गाउँपालिकाको वडा नं १ सिसडोलमा काठमाण्डौं, ललितपुर र भक्तपुर  मात्र नभइ धुलिखेल र बनेपा छेउ सम्मको फोहोर फालिदै आएको र अहिले सिसडोलमा वातावरण प्रदुषण हुन थालेपछि बन्चरे डाँडामा सार्न लाइ तयारि हुदै गर्दा फोहोर फल्न नदिने भन्दै त्यहाँका स्थानियहरु आन्दोलनमा उत्रिएका छन् ।

लामो समय देखि फोहोरमैलाले निम्त्याएको समस्या समाधान नभई पटक पटक भएका सम्झौँताहरु पनि कार्यन्वयन नभएको भन्दै धादिङ धुनिवेशि नगरपालिका र ककनी गाउँपालिकाको संयुक्त आन्दोलनमा काठमाण्डौं महानगरपलिका चाँही स्वच्छ, सफा राख्नुपर्ने, हामि र हाम्रो सन्तानहरु फोहोरमा बाच्नु पर्ने भन्ने कुरा त्यहाँको स्थानियको गुनासो रहेको छ । स्थानियहरुको सुनुवाइ र सहि ढङ्गले फोहोर व्यवस्थापन नभएका कारण बन्चरे डाँडामा सदाकालको लागि फोहोरमैला बन्द गर्ने भएका छन् ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares