Sunday, May 24
Shadow

मुख्य समाचार

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा सम्पन्न

Uncategorized, मुख्य समाचार, राजनिती, विचार, समाचार
लक्ष्मण श्रेष्ठ २१ भाद्र, काठमाडौ । राष्ट्रिय सयुक्त आन्दोलन मोर्चा घोषणा सभा तथा पत्रकार सम्मेलन कार्यक्रम तारानाथ लुइँटेल को कार्यकारि अध्यक्षतामा जमल स्थित एल्लो प्यागोडा होटेलमा हिजो सम्पन्न भएकोथियो । देशमा बिघमान सम्पुर्ण बेथिति,बिसङति,भ्रष्टाचार ,एमसिसि राष्ट्र घाति रहेको राष्ट्रिय स्वार्थ हिन विपरितका आनेकौ देशि तथा बिदेशी चलखेल हस्ताक्षप विरुद्ध सधै भरि जनतालाई जाग्रत गराई राख्नका लागि आन्दोलनको घोषणा गरेका छन। सरकार का हरेक काम कारवाहि वारे समाजलाई सुसुचित तुल्याउन आमनागरिकलाई मुलुकको अवस्था बारे जानकारि गराउन राष्ट्रव्यापि रुपमा कार्यक्रमहरु गर्ने कार्यकारि अध्यक्ष ले बताएका छ्न। अशोज ३ गतेबाट सयुक्त मोर्चा आन्दोलन गर्ने र बैदिक सनातन हिन्दु धर्मको साथसाथै राज सस्थाको पुनःस्थापना को माग गर्न देश्व्यापि रुपमा राष्ट्र प्रेमिहरुलाई आन्दोलन मा सहभागि हुन संयोजक हरिबो...
प्रधानमन्त्रीको गृह जिल्लामा ठकुराठीको लोकप्रियता

प्रधानमन्त्रीको गृह जिल्लामा ठकुराठीको लोकप्रियता

मुख्य समाचार, राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, भाद्र १६ नेपाली कांग्रेसको १४ औं महाअधिवेशनको मिति नजिकिँदै गर्दा वडा तह देखि केन्द्र सम्म सभापतिका लागि दौडधुप बढेको छ । जिल्ला सभापतिको लागि पनि त्यस्तै रहेको छ । यसै बिच प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा जिल्ला सभापतिका लागि चुडामणी ठकुराठीको लोकप्रियता बढेको छ । पार्टी सभापति देउवा र जिल्ला सभापति कर्ण मल्लको सहुमबाट सभापतिको प्रतिस्पर्धामा उत्रिरहेका बेला संस्थापन इतरको तर्फबाट डडेल्धुराको जिल्ला सभापतिका लागि ठकुराठी पनि प्रतिस्पर्धामा उत्रिएका हुन्। जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ५ जन्मिएका ठकुराठी नेपाली कांग्रेसमा २०५१ सालदेखि सक्रिय राजनितीमा लागेका छन् । विद्यार्थी राजनीतिदेखि संक्रिय रहेका ठकुराठी राजनीतिशास्त्र, जनप्रशासन तथा कानूनमा डिग्री हासिल गरिसकेका छन् । उनी नेविसंघका पुर्व केन्द्रिय सदस्यसमेत हुन् । पार...
देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

देशभर थप १,६६४ जनामा कोरोना संक्रमण पुष्टि, २० को मृत्यु

मुख्य समाचार, समाचार, स्वास्थ्य
लक्ष्मण श्रेष्ठ १६ भाद्र, काठमाडौं देशभर थप एक हजार ६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार पाँच सय २३ र एन्टिजेन परीक्षणमा एक सय ४१ जनामा संक्रमण देखिएको हो । यो अवधिमा नौ हजार एक सय १७ जनाको पिसिआर परीक्षण र तीन हजार एक सय पाँचजनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ३५ हजार पाँच सय ९१ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार एक हजार सात सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार सात सय ५० पुगेको छ ।...
मानुषी लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस

मानुषी लघुवित्तको आईपिओ नतिजा यसरी हेर्नुहोस

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, भाद्र ७ मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांड भएको छ । बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले सोमबार बिहान आईपिओ बाँडफांड गरेको छ । गोलाप्रथामार्फत् बाँडफाँट भएकोमा कुल ३६ हजार ८५९ जना सर्वसाधारणले सेयर हात पारेका छन् । जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १० कित्ता सेयर पाएका छन्। कम्पनीको आईपिओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ । जस अनुसार मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट https://nsmbl.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ ल...
आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै, कहाँ कहाँ लगाइन्छ ?

टिप्स, मुख्य समाचार, शिक्षा, समाज, स्वास्थ्य
काठमाण्डौँ, भाद्र ४ काठमाडौंमा आज (शुक्रबार)देखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोपको पहिलो डोज लगाइने भएको हो । आज (शुक्रबार) भोलि (शनिबार) र ८ गते विहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने काठमाडौं महानगरपालिकाले जनाएको छ । विद्यार्थीहरुले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–वानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–मह...
एमाले फूट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले समाजवादी

एमाले फूट्यो : माधव नेपालले दर्ता गरे नेकपा एमाले समाजवादी

ब्यानर समाचार, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, भाद्र २ अन्तत: नेकपा एमाले विभाजित भएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । ‘निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।...
इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा

अपराध, आर्थिक, मुख्य समाचार, शिक्षा, सुचना प्रविधि
  लक्ष्मण श्रेष्ठ ०१ भाद्र, काठमाडौं नेशनल कलेज अफ इन्जिनियरिङ का विद्यार्थी शैक्षिक मूल्य वूद्धि विरुद्ध आन्दोलनमा उत्रिएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण विगत २ वर्ष देखि भौतिक रुपमा पठनपाठन ,प्रयोगात्मक कक्षा साथै अतिरिक्त क्रियाकलाप विना नै ईन्जिनियरिङका विद्यार्थीहरु अनलाईन मार्फत पढ्न बाध्य परेको समयमा पनि झन् मूल्य वृद्धि हुदा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । देशको समग्र शिक्षा प्रणाली नै कोरोना कहर र माफियाकरणको चपेटामा पर्दै गरेको वर्तमान स्थितिमा विद्यार्थीहरुको भौतिक रुपमा उपस्थिति नभएको अवस्थामा मूल्य वूद्धि गर्नु दादागिरी हो भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् । शिक्षा जस्तो संवेदनशिल बिषयमा यस्तो लापारबाहि गर्न कुन नैतिकताले दिन्छ र शुल्क वृद्धि गरिनुले शिक्षा क्षेत्रमा सरकारको निरिहता प्रष्ट भएको भन्दै हिजो अनेरास्ववियुले पे्रश वि...
कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

कोभिड खोप भनेर एक नर्सले आठ हजार जनालाई नुनपानी लगाइदिएको खुलासा

अचम्मका कुरा, अन्तर्राष्ट्रिय, अपराध, मुख्य समाचार, स्वास्थ्य
जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोहोर्‍याउन आग्रह गरेका छन्। नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो। गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्। तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भयो। प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन। ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपला...
ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा

आर्थिक, मुख्य समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, साउन २७ ककनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पुर्ण प्रकृया पुरा गरेको छ । सामाजिक सुरक्षा भत्ता बितरणलाई थप सहज बनाउने उदेश्यले गाउँपालिकाले श्रावण २६ गते आयोजना गरेको सामाजिक सुरक्षा संग सम्बन्धित सरोकारवालाहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिइएको हो । अन्तरक्रिया कार्यक्रमामा बोल्दै ककनी गाउँपालिकाका अध्यक्ष मान बहादुर लामाले सामाजिक सुरक्षा भत्ता समयमै बितरण गर्न गाउँपालिका प्रयत्नशिल रहेको जानकारी गराउनुभयो । उक्त कार्यक्रमामा ककनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर नेपालले सम्झौता अनुरुप पुर्ण अपाङ्ग र ९० बर्ष माथिका ज्येष्ठ नागरीकलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैङ्कहरुलाई निर्देशन दिँदै सम्पुर्ण लाभग्राहिहरुलाई आफ्नो सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गराउनुहुन सम्पुर्ण लाभग्र...
सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

सानिमा लाइफले भोली देखि आईपीओ निष्काशन गर्ने, कहिले सम्म दिने आवेदन ?

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, साउन १९ सानिमा लाइफ इन्स्योरेन्सले भोली देखि सर्वसाधारणमा आईपीओ निष्काशन गर्दै छ। कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो। कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। सर्वसाधारणले बाँकी ५४ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो। सो आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्। हाल इन्स्योरेन...