Thursday, April 18
Shadow

इन्जिनियरिङ कलेजका विद्यार्थी शैक्षिक मूल्य वृद्धि विरुद्ध आन्दोलनमा


  • -इ
  • इ+

 



लक्ष्मण श्रेष्ठ

०१ भाद्र, काठमाडौं

नेशनल कलेज अफ इन्जिनियरिङ का विद्यार्थी शैक्षिक मूल्य वूद्धि विरुद्ध आन्दोलनमा उत्रिएका छन् । विश्वव्यापी कोरोना महामारीका कारण विगत २ वर्ष देखि भौतिक रुपमा पठनपाठन ,प्रयोगात्मक कक्षा साथै अतिरिक्त क्रियाकलाप विना नै ईन्जिनियरिङका विद्यार्थीहरु अनलाईन मार्फत पढ्न बाध्य परेको समयमा पनि झन् मूल्य वृद्धि हुदा विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

देशको समग्र शिक्षा प्रणाली नै कोरोना कहर र माफियाकरणको चपेटामा पर्दै गरेको वर्तमान स्थितिमा विद्यार्थीहरुको भौतिक रुपमा उपस्थिति नभएको अवस्थामा मूल्य वूद्धि गर्नु दादागिरी हो भन्दै विद्यार्थीहरुले आपत्ति जनाएका छन् ।

शिक्षा जस्तो संवेदनशिल बिषयमा यस्तो लापारबाहि गर्न कुन नैतिकताले दिन्छ र शुल्क वृद्धि गरिनुले शिक्षा क्षेत्रमा सरकारको निरिहता प्रष्ट भएको भन्दै हिजो अनेरास्ववियुले पे्रश विज्ञप्तिमा उल्लेख गरेका छन् । शैक्षिक क्षेत्रको विकृति,विसङगति,माफीयाकरण,व्यापारीकरणको अन्त्यकालागि अनेरास्ववियु सधै प्रतिबद्ध रहने बताएका छन् ।

कोरोना महामारीका बिच शिक्षा क्षेत्रलाई उद्योगका रुपमा रुपममा लिई वैज्ञानिक आधार र कारण विना निजि ईन्जिनियरिङ कलेजहरुले बढाएको शुल्क विना शर्त फिर्ता गरी विद्यार्थीहरुलाई सहज रुपमा पठनपाठन गराई परिक्षामा सहभागि गराउन अनेरास्ववियुले अपिल गरेका छन् ।

उक्त कलेजका विद्यार्थीहरुको आन्दोलनमा हामी विद्यार्थी हौं कि पैसाको बिटा ? भनेर प्रश्न उठाउनुको साथै गरिब विद्यार्थीलाई चुस्न बन्द गर भन्दै इन्जिनियरिङ विद्यार्थीहरुले नारा लगाएका छन् । शिक्षा क्षेत्रलाई व्यापारिक थलो नबनाउन र मूल्य वूद्धि फिर्ता गर्न माग गरेका छन् ।कलेजहरुमा जहिले पनि यसरी ठगीको क्रम बद्दै गईरहेको इन्जिनियरिङ कलेजका विद्यार्थी सरोज शर्माले बताएका छन् ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares