Thursday, May 2
Shadow

ककनी गाउँपालिकाद्धारा सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पूर्ण प्रकृया पुरा


  • -इ
  • इ+

काठमाण्डौँ, साउन २७
ककनी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत भुक्तानी गर्ने सम्पुर्ण प्रकृया पुरा गरेको छ । सामाजिक सुरक्षा भत्ता बितरणलाई थप सहज बनाउने उदेश्यले गाउँपालिकाले श्रावण २६ गते आयोजना गरेको सामाजिक सुरक्षा संग सम्बन्धित सरोकारवालाहरुसंगको एक दिने अन्तरक्रिया कार्यक्रममा यो जानकारी दिइएको हो ।

अन्तरक्रिया कार्यक्रमामा बोल्दै ककनी गाउँपालिकाका अध्यक्ष मान बहादुर लामाले सामाजिक सुरक्षा भत्ता समयमै बितरण गर्न गाउँपालिका प्रयत्नशिल रहेको जानकारी गराउनुभयो । उक्त कार्यक्रमामा ककनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र बहादुर नेपालले सम्झौता अनुरुप पुर्ण अपाङ्ग र ९० बर्ष माथिका ज्येष्ठ नागरीकलाई घर घरमा गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न बैङ्कहरुलाई निर्देशन दिँदै सम्पुर्ण लाभग्राहिहरुलाई आफ्नो सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गराउनुहुन सम्पुर्ण लाभग्राहिहरुलाई अनुरोध गर्नुभएको थियो ।

उपस्थित सरोकारवाला तथा जनप्रतिनिधिबाट उठाइएका सवालहरुलाई सम्बोधन गर्ने क्रममा ककनी गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई बैङ्किङ प्रणालिबाट बितरण गरिएकोमा ककनी गाउँपालिकालाई धन्यवाद सहित सामाजिक सुरक्षा भत्ता बितरण कार्यबिधि २०७७ बमोजिम कार्य गर्नुहुन सरोकारवालाहरुलाई निर्देशन दिनुभयो । नेपाल सरकारले यस बर्षको मंसिर भित्रमा देशभरका सम्पुर्ण स्थानिय तहले बैङ्किङ प्रणालीमार्फत भत्ता बितरण गर्ने परिपत्र जारी भए बमोजिम गाउँपालिकाले सम्पुर्ण आवस्यक तयारी पुरा गरेको सामाजिक सुरक्षा शाखाका प्रमुख पुजन बजगाँईले जानकारी दिइका छन ।

कार्यक्रमा उपस्थित वडा अध्यक्ष, बैङ्क तथा बित्तिय संस्थाका कर्मचारी र सरोकारवालाहरुले बैङ्कमार्फत भत्ता बितरण गर्दाको फाईदा, उत्पन्न चुनौती र सवाधानका उपायहरुबारे चर्चा गरीएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares