Sunday, May 24
Shadow

मुख्य समाचार

सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

सुरक्षित रहेका बस्ती जोखिम पहिचान गर्नु पहिलो आवश्यकता : प्रमुख पोखरेल

टिप्स, मुख्य समाचार, मौसम, समाज, स्थानिय तह
१८ साउन,काठमाडौं लक्ष्मण श्रेष्ठ अविरल बर्षाका कारण मेलम्चीमा पटक पटक बाढी पहिरोका कारण धनजनको क्षति भईरहेको छ । शनिबार बेलुका फेरि बाढीका कारण थप ३२ घर बगाएको छ । हाम्रो भू बनोट र हामी जुन स्थानमा अवस्थित छौं, हाम्रो मुलुकको यो स्थानमा बाढी पहिरो आउनु स्वाभिक हो । यसबाट कसरी बच्न सकिन्छ र हाम्रा संरचनाहरुलाई कसरी सुरक्षित स्थानमा राख्ने भन्ने कुराको पहिचान गर्नु समस्याको समाधान हो भनि विपद् व्यवस्थापनका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका छन् । पूर्व तयारी गर्नका लागि समय समयमा मौसम सम्बन्धि जानकारी लिनु आवश्यक रहेको र असुरक्षित रहेका बस्तीहरुलाई जोखिम पहिचान गरी व्यवस्थापन गर्नु र आगामी दिनहरुमा आउने बाढीको आँकलन गरेर यसको न्युनिकरण गर्न सकिने पोखरेलले बताएका छन् । यस अघि गत असार १ गते बाढीले ठूलो क्षति गरेको थियो । प्रहरीका अनुसार असार १ को बाढीले हेलम्बु गाउँपालिकाका स्थानीय ...
सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

सर्वसाधारणका लागि आईपीओ जारी गर्दै नर्भिक अस्पताल

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाणडौँ, असार २९ नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो । योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निष्कासन(आईपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन...
यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २८ यूनियन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आवेदन दिने आज असार २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले बिहीबारदेखि ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ३ लाख २२ हजार ५ सय कित्ता सेयर कर्मचारीहरुलाई, ३ लाख २२ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधारण लगानिकर्ताले न्युनतम १० कित्तादेखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओमा मागभन्दा बढिी आवेदन परेकाले आज असार २८ गते बैंकिङ समयपश्चात बन्द हुनेछ । यूनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) मा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्...
नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

नेप्से परिसूचक ७३ अंकले बढ्याे, कारोबार रकममा पनि सुधार

आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, असार २७ साताको पहिलो दिन आइतबार सेयर बजार बढेर हरियाली देखिएको छ । असार लागेसँगै लगातार जसो घटिरहेको बजारमा आइतबार भने उछाल आएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ७३ दशमलव ३३ अंकले बढेर २ हजार ८९८ दशमलव ४३ अंकमा पुगेको छ । नेप्से परिसूचक २ दशमलव ६४ प्रतिशतले बढेको हो । उता ‘क’ वर्गको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स पनि १३ अंक भन्दा बढीले बढेको छ । कारोबार रकम पनि ८ अर्ब भन्दा धेरै भएको छ । अघिल्लो साता ४ देखि ५ अर्बको बीमा धेरै दिन कारोबार भएको थियो । नेप्सेमा कारोबार हुने सबै समूहगत सवइन्डेक्स बढेको छ । आइतबार धेरै कमाउनेमा गोर्खा फाइनान्स पहिलो नम्बरमा देखिएको छ भने दोस्रो नम्बरमा श्रीइन्भेष्टमेन्ट फाइनान्स र तेस्रो नम्बरमा आईसीएफसी फाइनान्स देखिएको छ । यी तीनै कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । धेरै गुमाउनेको शीर्ष स्थानमा भने कर्पोरेट डेभ...
मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुने

मनकामना स्मार्ट लघुवित्तको आइपीओ भोली ९ः३० बजे बाँडफाँट हुने

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २७ मनकामना स्मार्ट लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर आइपीओ भोलि सोमबार विहान ९:३० बजे बाँडफाड हुने भएको छ । गत असार २४ गतेबाट बिक्रीमा ल्याएको आईपीयो शुक्रबार प्रि अलटमेन्ट गरेर बाँडफाँटको लागि नेपाल धितोपत्र बोर्डसगँ अनुमति माग गरेको थियो । उक्त शेयर भोली विहान ९:३० बजे बाडँफाँड हुने शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । लघुवित्तको असार २४ गते बिहीबारदेखि १ सय रुपैयाँ अंकित दरका ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्काशन तथा बिक्री खुला गरेको थियोे । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई र १९ हजार ४ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषलाई र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ताको लागि सर्वसाधारणका लागी छुट्याइएको थियो । उक्त आइपीओमा ७३ गुणा अर्थात २० लाख ३६ हजार २४५ आवेदनबाट २ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ बराबरक...
यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

यूनियन लाइफको साढे ६४ लाख कित्ता आईपीओ आजदेखी बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २४ यूनियन लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखी बिक्री खुला गरिएको छ । कम्पनीले आज (असार २४ गते, बिहीबार) देखि सर्बसाधारणमा प्राथमिक सेयर (आईपीओ) बिक्री गरेको हो । कम्पनिले चुक्ता पुजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन तथा बिक्री गरेको हो । कम्पनिले निष्काशन गर्ने शेयरमध्ये ३ लाख २२ हजार ५ सय कित्ता शेयर कर्मचारीहरुलाई , ३ लाख २२ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको ५८ लाख ५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वधाधरण लगानिकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सम्म आवेदन दिन सक्नेछन् । आईपीओ छिटोमा असार २८ गते र यदि २८ गतेसम्म पनि आवेदन नपरेमा मात्र साउन ७ गतेसम्म आवेदन दिन पाईन्छ । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्र...
जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

जीवन विकास लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार २३ जीवन विकास लघुवित्तको आईपीओ आह बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज बुधबार बिहान ९ः३० बजे बाँडफाँड गरिनेछ । जीवन विकास लघुवित्तले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) प्रिअलटमेन्टसम्वन्धि सबै काम सकिएकाले आज बाँडफाँड गरिने भएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ३० हजार ४२० कित्ता कर्मचारीहरुलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई र बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिनेछ । १० कित्ताका दरले आईपीओ बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले मात्रै...
मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

आर्थिक, टिप्स, मुख्य समाचार
काठमाण्डौँ, असार १७ मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (असार १७ गते) देखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ । लघुवित्तले आज (असार १७ गते, बिहीबार) देखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशत अर्थात् ३ करोड ८९ लाख रुपैयाँको आईपीओ निष्कासन गरेको हो । कम्पनीले १ सय रुपैयाँ अंकित दरका ३ लाख ८९ हजार कित्ता सेयर निष्कसन गरेको हो । जसमा ६ हजार ५८ कित्ता कर्मचारीलाई, १९ हजार ४५० कित्ता सामूहिक लगानी कोष र बाँकि ३ लाख ६३ हजार ४९२ कित्ता सेयर सर्वसाधारणका लागी छुट्याईएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २१ गतेसम्म र ढिलोमा ३१ गतेसम्म आवेदन पाउनेछन् । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा स...
दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !

अचम्मका कुरा, जिवनसैली, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ ३१ विश्वव्यापी रुपमा प्रारम्भ भएको कोरोना भाइरसविरुद्धको खोप अभियानपछि कोरोनाको संक्रमणमा कमि आउन थालेको छ । यस क्रममा धेरै देशहरुमा लागेको प्रतिबन्धहरु बिस्तारै खुकुलो हुन थालेका छन् अथवा हट्न थालेका छन् । नेपालमा पनि संक्रमितको संख्यामा लगातार कमि आउन थालेको छ । यसैबीच कोरोनाको बारेमा एउटा रिपोर्ट आएको छ, जसले यो घातक महामारीको संक्रमण पुरुषहरुले पाल्ने लामो दाह्रीबाट समेत बढ्न सक्छ भन्ने पत्ता लागेको छ । सबैलाइ थाहा भएको कुरा हो, कोभिडका विरामीले खोक्दा र हाक्छ्यूँ गर्दा भाइरस हावामा फैलिन्छ । अहिले भरखरै गरिएको ताजा सर्वेक्षणमा मानिसको लामो दाह्रीलाई पनि घातक भाइरसको फ्याक्टर मानिएको छ । । लकडाउनका कारण धेरै मानिसहरुले दाह्री काट्न ैअल्छि गरेका छन् भने कतिलाई दाह्री पाल्ने सौख पनि छ । यद्यपि, अहिले कोरोनाकालमा दाह्री पाल्ने कार्यलाई डाक्टरहरु जोखिम...
हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

हावाको माध्यमबाट तिब्र फैलन सक्ने कोरोनाको नयाँ भेरियन्ट पहिचान

अन्तर्राष्ट्रिय, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, जेठ १५ बेलायत, ब्राजिल, दक्षिण अफ्रिका र भारतपछि भियतनाममा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पहिचान भएको छ। भियतनामका स्वास्थ्य मन्त्री विएन टान लान्गले शनिबार कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको बताएको बीबीसीले जनाएको छ। यो नयाँ भेरियन्ट भारत र बेलायतमा पाइएको भेरियन्टको मिल्दो जुल्दो रुप भएको र हावाको माध्यमबाट पहिलाका भेरियन्ट भन्दा तिब्र गतिमा फैलने बताइएको छ। भियतनाम ति केही देशमा पर्छ जो गत वर्ष कोरोना भाइरसलाई फैलनबाट रोक्न सफल भएको थियो तर अहिले त्यहाँ कोरोना महामारी तिब्र गतिमा फैलिरहेको छ र स्थितिलाई नियन्त्रणमा लिन सरकारलाई निकै मेहनत गर्नु परिरहेको छ।...