Monday, May 18
Shadow

मुख्य समाचार

पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

मुख्य समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौं, पुस ७ । जिल्ला अस्पताल त्रिशूलीमा आईसीयू सेवा सञ्चालनमा आएको छ । स्थापनाको ५६ वर्षपछि अस्पतालमा दुईवटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू र चार बेडको एचडीयू सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। दीपेन्द्र पाण्डेले जानकारी दिए । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले आईसीयू सेवाको मंगलबार उद्घाटन गरेकी छन्। योसँगै अब अस्पतालमा श्वासप्रश्वास, मुटुको समस्या भएका बिरामी, अत्यधिक ज्वरो, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, सडक दुर्घटनाका घाइते, जटिल सुत्केरीलगायतलाई रेफर गरेर काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा दैनिक साढे ३ सयभन्दा बढी बिरामी आउने गर्छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोइका) को सहयोगमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन बनेको छ । अस्पतालमा रसुवा, धादिङ र नुवाकोटका बासिन...
सरकारले लगायो बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, किन लगायो ?

सरकारले लगायो बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक, किन लगायो ?

ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस ७ । सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकले अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ। यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै उडानमा रोक लगाउन निर्देशन दिएको जनाएको छ । यो निर्णय बुधबार राति १२ बाट अर्को सूचना जारी नभएसम्म कायमै रहने प्राधिकरणले जानकारी दिएको छ ।...
नेकपामा विभाजन देखिएका बेला राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

नेकपामा विभाजन देखिएका बेला राष्ट्रपतिलाई भेट्न चिनियाँ राजदूत पुगिन् शितलनिवास

मुख्य समाचार, राजनिती, समाचार, समाज
काठमाडौं , पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले यति बेला राजनीतिमा तरंग ल्याएको छ। राजनीतिमा आएको तरंगले सबैलाई तताएको त छ भने सबैको ध्यान पनि यतैतिर केन्द्रित छ । यसैबीच नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शितलनिवास पुगेकी छन् । राजदूत यान्छी साँझ करिब ६ बजे राष्ट्रपति निवास पुगेको शितलनिवास स्रोतले बताएको छ ।राजनीतिक घटनाक्रम र सत्तारुढ नेकपामा विभाजन देखिएका बेला राजदूत भेटवार्ताका लागि पुगेकी हुन् ।राजदूतको भेटलाई महत्वपूर्णरुपमा हेरिएको छ । चिनियाँ दूतावासले एक साताअघि देखि नै राष्ट्रपतिसँग भेटका लागि मन्त्रालयमार्फत् समय मागेको र कोभिड–१९ विरुद्ध चिनियाँ भ्याक्सिन नेपाललाई उपलब्ध गराउने विषयमा राजदूतले कुरा गर्न खोजेको स्रोतले जनाएको छ ।...
कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

कांग्रेस केन्द्रीय कमिटी बैठक बस्दै, के छ एजेण्डा ?

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ७ । नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । बैठक दिउसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधी सभा विघटन गरी नयाँ निर्वाचनको मिति घोषणा भएसँगै उत्पन्न विकसित राजनीतिक घट्नाक्रमका बारेमा बैठकमा छलफल हुने बताइएको छ । बैठकले सरकारी कदमबारे धारणा बनाउँदै रणनीतिक कार्यक्रम तय गर्ने शर्माले बताए । अन्य नियमित विषयहरुमा पनि छलफल हुने उनले जानकारी दिए । पार्टीको आसन्न महाधिवेशनका विषयमा पनि छलफल हुने छ । यस अघि सोमबार कांग्रेसले नेकपासहितका दलहरुसँग सर्वदलिय बैठक राखेको थियो ।...
कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरूबाट केही आसा गर्न सकिन्न :  पूर्वराजा शाह

कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरूबाट केही आसा गर्न सकिन्न : पूर्वराजा शाह

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस ७ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि यति बेला तीब्र विरोध भइरहेको छ । देशका विभन्न ठाउँ ठाउँमा प्रर्दशन भइरहेको छ । भने विभिन्न  राजनीतिकदल नै तरंगीत भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाकै नेताहरु सडकमै आएका छन् । यसैबीच संसद्‌ विघटन भइसकेपछि त्यसविरुद्ध पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति आएको छ ।पूर्वराजा शाहले सामाजिक सञ्जालमा जनताको मतको कदर नगर्ने नेताहरूबाट केही पनि आशा गर्न नसकिने टिप्पणी गरेका छन् । उनले लेखेका छन्,  जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् । यता प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै मध्याव...
अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाण्डौ, पुस ७ । अमेरिकामा अहिलेसम्म पाँच लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका बीबीसीमा उल्लेख छ । कोरोना भाइरसको महामारीका कारण सबैभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । यस्तै अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ । यसैबीच अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ । डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताएका छन् । बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोपको लगाएकी छन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ ।साथै राष्ट...
कमल थापा भन्छन् -दलहरूको गठबन्धन ‘घोडा व्यापार’ हो, ताजा जनादेशमा जाऔं

कमल थापा भन्छन् -दलहरूको गठबन्धन ‘घोडा व्यापार’ हो, ताजा जनादेशमा जाऔं

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ताजा जनादेशमा जानुपर्ने धारणा राखेका छन् । मंगलबार बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले भ्रष्ट नेतृत्वको मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर भएको धारणाा राखेका हुन् । सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राखेका उनले केपी ओली कदमविरुद्ध राजनीतिक दलहरुले गरिरहेका छलफल र बनाइरहेका गठबन्धनलाई घोडा व्यापारको संज्ञा दिए । थापाले भने, ‘संसद विघटनको वैधानिकताको परीक्षणरनिरुपणरव्याख्या सर्वोच्च अदालतले गर्ने नै छ तर घोडा व्यापार र फोहरी गठवन्धन बनाएर ब्रह्मलुट र कुशासनको दोस्रो श्रृङ्खला सुरूगर्नुभन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिकोलागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो ।...
कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

कोरोना कहरः विश्वभर थपिए ५ लाख ११ हजार संक्रमित, मृत्यु कति ?

अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं , पुस ७ । पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ११ हजार संक्रमित थपिएका छन् । यस्तै सोही अवधिमा ४ लाख ६९ हजारले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोना निको हुनेको संख्या ५ करोड ४५ लाख ६१ हजार पुगेको छ । त्यस्तै, हालसम्म विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ७ करोड ७६ लाख ८४ हजार नाघेको छ । हाल विश्वभर २ करोड १४ लाख १४ हजार सक्रिय संक्रमित रहेका छन् भने एक लाख ६ हजारबढीको अवस्था गम्भीर रहेको वर्ल्डो मिटरले जनाएको छ । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । वर्ल्डो मिटरको आँकडा अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ७१८ को मृत्यु भएसँगै मृतकको संख्या १७ लाख ८ हजार २२९ जना पुगेको हो ।...
निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

निर्वाचन आयोगलाई मध्यावधि निर्वाचनको तयारी गर्न सरकारको पत्र

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार
काठमाडौं , पुस ७ । सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तय भएको मध्यावधि निर्वाचनको तयारी गर्न निर्वाचन आयोगलाई पत्रचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आइतबार आयोगका प्रमुख आयुक्तसहित अन्य अधिकारीहरुसँग छलफल गरेका थिए ।छलफल लगत्तै निर्वाचन आयोगलाई निर्वाचनको तयारी अघि बढाउन पत्र दिइएकोमा आयोगले आन्तरिक तयारी समेत थालिसकेको छ । प्रधानमन्त्रीसँगको छलफल पछि सोमबार आयोगले सबै जिल्ला निर्वाचन कार्यालयलाई गोप्य परिपत्र गरेको छ । निर्वाचनका लागि अर्बौ रकम खर्च हुने आयोगको अनुमान छ । निर्वाचन आयोगले मध्यावधी निर्वाचनका लागि कम्तीमा १२ अर्ब रुपियाँ खर्च लाग्ने अनुमान गरेको छ । २०७४ मंसिर १० र २१ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा भएको खर्चलाई आधार लिँदै आयोगले सो रकमको अनुमान गरेको हो । यसअघिको निर्वाचनमा आयोगले मात्रै ८ अर्ब २० करोड २१ लाख...
३४ अर्बले बढ्यो रेमिट्यान्स

३४ अर्बले बढ्यो रेमिट्यान्स

आर्थिक, मुख्य समाचार, समाचार
काठमाडौं, पुस ७ । चालू आवको कात्तिकसम्म नेपालमा ३ खर्ब ३७ अर्ब रेमिट्यान्स भित्रिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको कात्तिकसम्म ३ खर्ब ३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार यो अवधिमा डलरमा भित्रिने रेमिट्यान्सको ६ प्रतिशतले वृद्धि भएको छ । चालू आवको चार महिनामा रेमिट्यान्समा भएको वृद्धि तथा आयात १० प्रतिशतले घटेपछि मुलुकको विदेशी मुद्रा सञ्चिति थप वृद्धि भएर १५ खर्ब ६ अर्ब पुगेको छ । विदेशी मुद्राको सञ्चितिले मुलुकको १४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ । आयात १० प्रतिशतले घटेर ४ खर्ब २ अर्बमा सीमित भएको छ । चार महिनामा महँगी दर मौद्रिक नीतिले लक्षित गरेको भन्दा निकै तल छ । मौद्रिक नीतिले वार्षिक मूल्यवृद्धि ७ प्रतिशतमा सीमित पार्ने लक्ष्य लिएको छ । कात्तिकमा यो दर...