Thursday, May 21
Shadow

मुख्य समाचार

पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष

पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष

मुख्य समाचार
काठमाण्डौं, पुष १७ पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेर नयाँ वर्ष मनाएका छन् । उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए । पूर्वराजा शाहले त्यहाँ करिब पाँचघण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले  जानकारी दिए । “उहाँ एक्कासी हाम्रो होटलमा आउनुभयो,” उनले भने, “पूर्वमा यस्तो राम्रो होटल बनाएको भन्दै प्रशंसा पनि व्यक्त गर्नुभयो । उहाँले यहाँ नयाँ वर्ष मनाएर निस्कनुभयो ।” पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए ।...
कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ

आर्थिक, मुख्य समाचार, स्थानिय तह
कपिलबस्तु, पुष १७ जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका घरमा मापदण्ड अनुसारको इट प्रयोग भएको छैन । वार्ड नं ६ को भिल्मी गाँउमा ७ वटा घर र कर्मा गाउँमा २ वटा गरी कुल ९ वटा घर निर्माण भईरहेको छ। घर निर्माण कार्य नै नियम बिपरीत भईरहेको छ। नियम अनुसार घर निर्माण हुन लागेको ९ जना को उपभोक्ता समितिले उक्त निर्माण कार्य गर्ने भए पनि वार्ड नं ६ मा यस्तो छैन। त्यहाँ बिचौलियले फाइदा उठाई रहेका छन। बिचौलियले घर निर्माणमा स्टीमेट बिपरीत कार्य गरेको देखिएको छ। स्टीमेटमा एक नंबर ईटा रहे पनि बिचोलियले तेस्रो नंबरको कम्सल ईट प्रयोग गर्दै आएको छ। एक जना (घर निर्माण हुने ब्याक्ती )अनुसार इँटा खासलदा हामीले तेस्रो नम्बरको इटा अस्वीकार गरेका थियौ । इटा ठीक छैन भन्दा पनि राजकुमारले भन्छन की जगमा ( बुनियाद ) यहीँ इटाबाट रहनेछ । पर्खालमा एक नंबर इट प्रयोग...
सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

सूर्य चिन्ह कस्को ? मन्त्री श्रेष्ठ भन्छन्- ओली पक्ष वैधानिक भएकाले हामीले नै पाउँछौँ

मुख्य समाचार, राजनिती
काठमाडौँ, पुस १६ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले नेकपा माओवादी केन्द्रसंगको एकता नफापेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं क्षेत्र नं ९ ले बिहीबार गरेको अगुवा कार्यकता भेलामा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । पार्टी एकताले आफ्ना राजनीतिक गतिविधिहरुलाई ‘पेण्डुलम’ बनाएको उनले बताए । उनले पार्टी एकताले पार्टीका राजनीतिक गतिविधि जाम भएको उल्लेख गर्दै अब भने राजनीतिक गतिविधिमाथि कसैले अंकुश लगाउन नसक्ने बताए । नेकपा ओली पक्ष वैधानिक भएको दाबी गर्दै मन्त्री श्रेष्ठले सूर्य चिन्ह आफ्नो समूहले पाउने जिकिर गरे ।मन्त्री श्रेष्ठले प्रचण्ड(माधव नेपालले सूर्य चिन्ह पाएको खण्डमा भीम रावल र नारायणकाजी श्रेष्ठले सो चुनाव लडन नपाउने जिकिर गरे । मन्त्री श्रेष्ठले आफ्नो घरमा बसेका डेरावालले घरवेटीलाई निकाल्ने कुरा युक्तिसंगत नभएको बताउदै...
सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस १६ । सशस्त्र प्रहरीका ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएका छन्।बिहीबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त ६ डीआईजीका लागि सिफारिस गरेको हो। एसएसपी कमल गिरी, गणेशबहादुर ठाडामगर, अभि कुमार खत्री, कुलबहादुर नेम्वाङ, दुर्गाप्रसाद भट्टराई र शम्भु सुवेदी डीआईजीका लागि सिफारिस भएका छन्। गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको तीन सदस्यीय बढुवा समितिले मंसिर २७ गतेदेखि रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको हो। डीआईजीहरु अनिवार्य अवकासमा गएपछि दरबन्दी रिक्त भएको थियो। डीआईजीहरु नगेन्द्र थापा, राजेन्द्र बस्नेत, कृष्णभक्त ब्रम्हाचार्य, हरिशंकर बुढाथोकी, हरिशचन्द्र अधिकारी र कविन्द्रमान श्रेष्ठ अवकास भएका थिए। बढुवा सिफारिस उपर चित्त नबुझ्नेले ७ दिन भित्रमा उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने बढुवा समितिका सदस्य सचिव एआईजी पुष्पराम केसीले बताए...
नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

नेता पौडेलको आरोप -ओलीले देशलाई अफगानिस्तानजस्तो बनाउन खोजे

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अफगानिस्तान जस्तो बनाउन खोजेको आरोप लगाएका छन् । ४५ औं राष्ट्रिय मेलमिलाप दिवस अवसरमा पोखरामा बिहीबार आयोजित कार्यक्रमा बोल्दै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन् । जनताको थलो प्रतिनिधि सभा भङ्ग गरेर ओलीले देशलाई अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको अखडा बनाइ अफ्गानिस्तानजस्तो बनाउन लागेको उनको आरोप छ । प्रतिनिधि सभा भङ्ग गरेर अन्तर्राष्ट्रिय खिचतानीको भुमरीमा देशलाई पार्न खोजेको आरोप उनले लगाए । साथै उनले ओलीमा चुनाव गराउने मनसाय नभएको र देशलाई निरंकुशतातर्फ सरकार अगाडि बढाउँदै आफू शासक बन्नका खोजेको बताए ।  ...
भारतमा थप ५ जनामा नयाँ  कोरोना संक्रमण पुष्टि

भारतमा थप ५ जनामा नयाँ कोरोना संक्रमण पुष्टि

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं, पुस १६ । विश्व नै कोरोना भाइरसबाट त्रसित भइरहेका बेला फेरि अर्को भाइरस आएको छ । यसले आमजनमासमा अज त्रास जमाएको छ । यता भारतमा थप पाँच जनामा नयाँ स्वरुपको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो परीक्षणमा थप पाँच जनामा संक्रमण पुष्टि भएको जनाएको हो । योसँगै भारतमा कोभिडका नयाँ सङ्क्रमितहरुको संख्या कम्तीमा पनि २५ जना पुगेको जनाइएको छ । उनीहरुलाई स्वास्थ्य सुविधा रहेको आइसोलेसन वार्डमा राखिएको बताइएको छ ।यो भाइरस बेलायतबाट शुरु भएको हो । कोेभिड १९ को यो नयाँ स्वरुपको भाइरस सबैभन्दा पहिला बेलायतमा भेटिएको हो । बेलायतमा देखिएको यो नयाँ भाइरसपछि बेलायतमाथि विश्वका दर्जनौँ देशहरुले यात्रा प्रतिबन्ध लगाएका छन् । भारत सरकारले पनि गत हप्तामात्र बेलायतबाट भारतमा र भारतबाट बेलायतमा हुने हवाई उड्ययनमा प्रतिबन्ध लगाएको छ ।...
१८ किलो अफिमसहित तीन पक्राउ

१८ किलो अफिमसहित तीन पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १६ । प्रहरीले १८ किलो लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ ।१८ किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो । पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताए । ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए । उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ता...
सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ

अपराध, आर्थिक, मुख्य समाचार
काठमाण्डौँ, पुष १६ काठमाण्डौँको चन्द्रागिरी नगरपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउँ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट दुई जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउँ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं २ का २३ वर्षिय सूर्य तामाङ र धादिङ धुनिवेशी नगरपालिका वडा नं ५ का १९ वर्षिय मनोज राई रहेका छन् । धादिङबाट काठमाण्डौँ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी बृत थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बसमा सवार राईको झोलाबाट उक्त खपेटा फेला परेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई सितापाईलाबाट पक्राउँ गरेको हो । उनिहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

विभिन्न कार्यक्रम गरेर कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १६ । नेपाली कांग्रेसले बुधबार राष्ट्रिय मेलमिलाप दिवस मनाउँदैछ । देशभर विभिन्न कार्यक्रम गरेर कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवस मनाउन लागेको हो । ७७ जिल्लामै विभिन्न कार्यक्रम गरेर दिवस मनाउन लागेको कांग्रेसले केन्द्रमा भने भर्चुअल कार्यक्रम राखेको छ । जिल्लामा हुने कार्यक्रममा केन्द्रीय नेता सहभागी हुँदैछन् । केन्द्रको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेता सहभागी हुँदैछन् । कांग्रेसको सूचना, सञ्चार तथा प्रसार विभागले बिहान ९ बजे ‘नेपाली राजनीतिमा मेलमिलापको सान्दर्भिकता’ विषयक भर्चुअल छलफल गर्न लागेको हो । छलफलमा सभापति देउवासँगै नेता प्रदीप गिरी र डा बद्री गौतमबीचको बहसको सहजकर्ता डा। सुरेश आचार्यले गर्नेछन् । लामो प्रवासपछि बिपी कोइराला, गणेशमान सिंह लगायत कांग्रेस नेता स्वदेश फर्किएको दिनलाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा कांग्रेसले मनाउँद...
नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

नौ महिनापछि खुल्यो सवारी लाइसेन्स

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , पुस १६ । सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र 9लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो । विभागका प्रवक्ता डा। लोकनाथ भुसालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने व्यवस्था गरेर मंगलबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएका छन् । फाराम विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिनेछ । विभागले कोटा भएको अवस्थामा मात्र फाराम भर्न सकिने जनाएको छ । एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ भने परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने ...