Thursday, April 25
Shadow

नौ महिनापछि खुल्यो सवारी लाइसेन्स


  • -इ
  • इ+

काठमाडौं , पुस १६ । सरकारले विगत नौ महिनादेखि बन्द रहेको सवारी साधनको चालक अनुमतिपत्र 9लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गरेको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन माध्यममार्फत कोटा प्रणालीमा फाराम खुला गरेको हो ।

विभागका प्रवक्ता डा। लोकनाथ भुसालले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेका स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने व्यवस्था गरेर मंगलबारबाट अनलाइन फाराम खुला गरेको जानकारी दिएका छन् ।

फाराम विभागको बेवसाइटमा राखिएको लिंक अथवा अनलाइनईडीएलआरईजी डट डीओटीएम डट जीओभी डट एनपीमार्फत बिहान ६ बजदेखि राति १० बजेसम्म भर्न सकिनेछ ।

विभागले कोटा भएको अवस्थामा मात्र फाराम भर्न सकिने जनाएको छ । एकपटक फाराम भरेपछि तोकिएको समयमा नगएमा १५ दिनपछि मात्र पुनः फाराम भर्न पाइनेछ भने परीक्षामा अनुत्तीर्ण भएमा ९० दिनपछि मात्र फाराम भर्न पाइने विभागले जनाएको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा प्रक्रिया खुल्न सकेको थिएन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares