Thursday, May 21
Shadow

मुख्य समाचार

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पूँजी पुग्यो २७ अर्ब

ग्लोबल आइएमई बैंक १४ वर्षमा प्रवेश, प्राथमिक पूँजी पुग्यो २७ अर्ब

आर्थिक, मुख्य समाचार
काठमाण्डौ , पुस १८ । ग्लोबल आइएमई बैंक लिमिटेड आदेखि आफ्नो स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो अवधिमा पूँजी, व्यवसाय, शाखारसञ्जाल समेतका हिसाबले नेपालकै ठूलो तथा मजबुत बनेको बैंकले दाबी गरेको छ । बैंकले अहिले चुक्ता पूँजी करिब १९ अर्ब रुपैयाँ ९प्रस्तावित १४५ बोनस पश्चात करिब २१ अर्ब भन्दा बढी० र संचित कोष गरी प्राथमिक पूँजी २७ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । कुल निक्षेप २ खर्ब ४९ अर्ब रुपैयाँ र कुल कर्जा २ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुग्ने बैंकले जनाएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरपछि ग्राहक वर्गलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्न अझ सहज भएको बताएका छन् । मर्जर तथा प्राप्तिमा ग्लोबल आइएमई बैंकसँग लामो अनुभव भएको बताउँदै उनले मर्जरपछिको व्यवस्थापनमा बैंकले हासिल गरेको उपलब्धिको आधारमा आउने दिनमा पनि थप उत्साहित बन...
प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

प्रदेश १ का मुख्यमन्त्री राईले गरे थप एक सांसद ‘निलम्बन’

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थप एक जना सांसदलाई संसदीय दल सदस्यबाट निलम्बन गरेका छन् । नेकपा संसदीय दलको विधानविपरित अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भन्दै प्रचण्ड नेपाल पक्षका उपेन्द्र घिमिरेलाई संसदीय दलको गतिविधिबाट बञ्चित गरिएको जनाइएको छ । मुख्यमन्त्री राई निकट नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरिएको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । राईले बिहीबार प्रचण्ड नेपाल समूहका १५ सांसदलाई निलम्बन गरेका थिए ।...
प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

प्रचण्ड–नेपाल समूहद्वारा नेकपा सुदूरपश्चिमका अध्यक्ष थापालाई कारवाही गर्न सिफारिस

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १८ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष कर्णबहादुर थापालाई प्रचण्ड–नेपाल समूहले कारवाहीका लागि सिफारिस गरेको छ। शुक्रबार धनगढीमा बसेको नेकपाको चौथो बैठकले थापालाई पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कारवाहीका लागि केन्द्रीय कमिटिलाई सिफारिस गरिएको नेकपा सुदूरपश्चिमका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार अब प्रदेश कमिटिले गरेको सिफारिसका आधारमा केन्द्रले थापालाई कारवाही गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई समूहमा विभाजन भएको नेकपामा एक समूहले अर्को समूहले जिल्लादेखि केन्द्रसम्म कारवाही गर्ने क्रम चलेको छ। सोही क्रमममा थापालाई पनि कारवाही गर्न सिफारिस गरिएको हो। थापा ओली निकट नेता हुन्।...
दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

दाइले आगो सल्काउँदा दुई वर्षीय बहीनीको मृत्यु

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस १८ । बैतडी जिल्लामा चार वर्षीय बालकले आगो सल्काउँदा दुई वर्षीय बालिकाको मृत्यु भएको छ । सिगास गाउँपालिका-३ साउन खेतमा बुधबार अपरान्ह खरमा आगो सल्काउँदा बालिकाको मुत्युभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । साउन खेतमा बस्ने मनवीर साउदको चार वर्षीय छोरा दीपेश साउदले आफ्नै घर पछाडि राखेको खरमा सलाई कोरेर आगो सल्काउँदा साथमा रहेकी दुई वर्षीया बहिनी रेखा साउदको जलेर घटनास्थलमानै मृत्यु भएको जनाइएको छ ।...
कोरोना प्रकोप :  विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

कोरोना प्रकोप : विश्वभर ५ करोड ९६ लाख संक्रमणमुक्त, १८ लाख ३४ हजारको मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार
काठमाडौं , पुस १८ । विश्वभरमा पाँच करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शनिबार बिहानसम्ममा पाँच करोड ९६ लाख १८ हजार दुई सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा आठ करोड ४३ लाख ४९ हजार पाँच सय २३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १८ लाख ३४ हजार तीन सय ५४ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २८ लाख ९६ हजारभन्दा बढी सक्रिय संक्रमित छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म दुई करोड ६ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये एक करोड २१ लाख ७२ हजारभन्दा बढी निको भएका छन् भने तीन लाख ५६ हजार चार सय एक जना संक्रमितले ज्यान गुमाइसकेका छन् । भारतमा हालसम्म एक करोड तीन लाख तीन हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९९ लाख एक हजारभन्दा बढी निको भएका छन् भने क...
प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

प्रतिनिधिसभा विघटनः प्रदेश २ मा स्थानीय तहसम्मै साताव्यापी आन्दोलन घोषणा

मुख्य समाचार, राजनिती
काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रदेश २ मा साताव्यापी आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल समूहले नेकपाको जनकपुरस्थित प्रादेशिक पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी १८ देखि २४ पुससम्म आन्दोलन गर्ने बताएको हो । प्रतिनिधिसभा विघटन गरेर ओलीले संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र र समावेशिता नै समाप्त पार्ने षड्यन्त्र गरेपछि आफूहरूले कडा आन्दोलन सुरु गर्न लागेको पत्रकार सम्मेलनमा नेताहरूले दाबी गरेका छन् । ओलीको प्रतिगामी कमदविरुद्ध एक हजार एक सय सदस्यीय प्रादेशिक संघर्ष समिति गठन गरिएको नेकपाका प्रदेश सहइन्चार्ज विश्वनाथ साहले बताए । साहकै संयोजकत्वमा गठित संघर्ष समितिले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह तथा वडामा समेत संघर्ष समिति गठन गरिएको छ । संघर्ष समितिले १८ देखि २४ पुससम्म आन्दोलन...
अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ :  गौतम

अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित छ : गौतम

मुख्य समाचार, राजनिती
काठमाडौं , पुस १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझैपनि एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका उपाध्यक्ष गौतमले शुक्रबार राष्ट्रियसभा बैठकपछि सञ्चारकर्मीको प्रश्नको जवाफ दिदैँ यस्तो बताएका हुन् । नेकपा फुटिनसकेको र अझैपनि पार्टी एकता जोगाउने सम्भावना जिवित रहेको उनले बताए । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जिवित रहने उनको भनाइ छ । उपाध्यक्ष गौतमले आफू अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताए । उनले एकताको पक्षमा सबै रहेको भन्दै देशभरबाट एकता अभियानको पक्षमा दशौँ हजार नेता कार्यकर्ता आफुसँग रहेको बताए ।उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडि बढाउने पनि बताए ।...
काठमाडौँको मैतिदेवीबाट दिउँसै खुकुरी प्रहार गरि  लुटपाट गर्ने ५ जना पक्राउ

काठमाडौँको मैतिदेवीबाट दिउँसै खुकुरी प्रहार गरि लुटपाट गर्ने ५ जना पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ, पुस १७ । काठमाडौँमा एक पुरुषलाई खुकुरी प्रहारी गरी १ लाख ६६ हजार ९ सय १५ रूपैयाँ लुटेको आरोपमा प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूले मैतिदेवीस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने २५ वर्षीय प्रेम गजमेरलाई खुकुरी प्रहार गरी बजारबाट संकलन गरी ल्याएको उक्त रकम लुटेका थिए। गजमेरबाट सहकारीका कागजात तथा चेकबुकसमेत लुटेर उनीहरू फरार रहेका थिए। पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–२७ कमलाक्षीका भुरुङखेल बस्ने २९ वर्षीय रोहन नेपाली शाही, सोही महानगरपालिका–२६ नरदेवी घर भई थानकोट बस्ने २२ वर्षीय अभय तुलाधर, नरदेवी घर भई चक्रपथ बस्ने २७ वर्षीय अमित तुलाधर, नरदेवी घर भएका १८ वर्षीय किशोर र जुम्ला सिंजा गाउँपालिका–२ घर भई चक्रपथ बसुन्धरा बस्ने २६ वर्षीय हरि शर्मा रहेका छन्। नगद र कागजात बोकेर चाबहिलस्थित ए वान क्याफेनजिक ...
सरकार कामचलाउ भएको छैन : प्रवक्ता गुरुङ

सरकार कामचलाउ भएको छैन : प्रवक्ता गुरुङ

ब्यानर समाचार 2, मुख्य समाचार, राजनिती
काठमाण्डौँ, पुष १७ सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पार्वत गुरुङले प्रतिनिधिसभा विघटन भएपनि सरकार कामचलाउ नभएको दाबी गरेका छन्। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले यस्तो बताएका हुन्। उनले यो विषयमा संवैधानिक हिसाबले प्रश्न गर्न नमिल्ने र प्रश्न उठाउन नसक्ने विषय भएकोसमेत दाबी गरे। प्रतिनिधिसभा विघटनपछि केही अन्यौल सिर्जना भए पनि त्यस्तो अन्यौल र भ्रममा नपर्न आग्रह गरे। उनले सरकारका सबै काम संवैधानिक नै भएको बताए। 'सरकार कामचलाउ भएको छैन। सरकारले गरेका कार्य संवैधानिक छन्। मान्यता प्राप्त छ। भ्रम नपर्न आग्रह गर्छु,' उनले भने, 'संवैधानिक तर्फबाट निर्णयमा प्रश्न गर्ने ठाउँ छैन। सडकमा राजनीतिक एजेन्डा छैन। राष्ट्रपति संस्थाप्रति नै असभ्य नारा लगाइएको छ। निन्दनीय छ। गणतन्त्रप्रति नै आँच आउनेप्रति सचेत हुनुपर्दछ।...
नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

नेपाल बंगलादेश बैंकद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपाललाई रकम हस्तान्तरण

आर्थिक, मुख्य समाचार, समाचार
काठमाण्डौं, पुष १७ नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फ्रेन्डशिप फाउन्डेसन नेपाललाई तीन लाख रुपैँया हस्तान्तरण गरेको छ । सो रकम फ्रेन्डशिप फाउन्डेसन नेपालले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणका लागि प्रयोग हुनेछ । गोरखा केराबारी १ मा निर्माण हुन गईरहेको सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दाहरुलाई सहज रुपमा विभिन्न किसिमका पुस्तकहरु उपलब्ध गराउने छ । बैंकको मुख्य कार्यालय कमलादी काठमाडौँमा भएको कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा फ्रेन्डशिप फाउन्डेसन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई उक्त रकम हस्तान्तरण गरे ।...