Friday, April 19
Shadow

सालकको खपेटा सहित बेलकोटगढीका तामाङ र धुनिवेशीका राई पक्राउ


  • -इ
  • इ+


काठमाण्डौँ, पुष १६
काठमाण्डौँको चन्द्रागिरी नगरपालिकाबाट सालकको खपेटा सहित २ जना पक्राउँ परेका छन् । चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट दुई जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउँ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं २ का २३ वर्षिय सूर्य तामाङ र धादिङ धुनिवेशी नगरपालिका वडा नं ५ का १९ वर्षिय मनोज राई रहेका छन् । धादिङबाट काठमाण्डौँ आउँदै गरेको बा ३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी बृत थानकोटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बसमा सवार राईको झोलाबाट उक्त खपेटा फेला परेपछि राई र उक्त खपेटा लिन आएका तामाङलाई सितापाईलाबाट पक्राउँ गरेको हो ।

उनिहरु माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares