Saturday, September 25
Shadow

कपिलबस्तुमा जनता आवास निर्माणमा बिचौलियाको रजाइँ


  • -इ
  • इ+


कपिलबस्तु, पुष १७
जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं ६ मा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुन लागेका घरमा मापदण्ड अनुसारको इट प्रयोग भएको छैन । वार्ड नं ६ को भिल्मी गाँउमा ७ वटा घर र कर्मा गाउँमा २ वटा गरी कुल ९ वटा घर निर्माण भईरहेको छ। घर निर्माण कार्य नै नियम बिपरीत भईरहेको छ। नियम अनुसार घर निर्माण हुन लागेको ९ जना को उपभोक्ता समितिले उक्त निर्माण कार्य गर्ने भए पनि वार्ड नं ६ मा यस्तो छैन। त्यहाँ बिचौलियले फाइदा उठाई रहेका छन। बिचौलियले घर निर्माणमा स्टीमेट बिपरीत कार्य गरेको देखिएको छ। स्टीमेटमा एक नंबर ईटा रहे पनि बिचोलियले तेस्रो नंबरको कम्सल ईट प्रयोग गर्दै आएको छ।

एक जना (घर निर्माण हुने ब्याक्ती )अनुसार इँटा खासलदा हामीले तेस्रो नम्बरको इटा अस्वीकार गरेका थियौ । इटा ठीक छैन भन्दा पनि राजकुमारले भन्छन की जगमा ( बुनियाद ) यहीँ इटाबाट रहनेछ । पर्खालमा एक नंबर इट प्रयोग गर्दछौ। उनले भने हामीलाई स्टीमेटमा के के रहेको छ भने कुरा पनि थाहा छैन । त्यही भएर चुप लागेर बसेका छौं । हामीले सोचे कि आवाज उठाए पछि कहिँ निर्माण कार्य रोक्ने त होईन ? भने हाम्रो परिवार सहित खुला आकाशमुनि बस्न बाध्य हुने छन। त्यही भएर बिरोध गरेनौं ।

शहरी बिकास तथा भवन कार्यलय अनुसार एक घर बराबर ३ लाख ३६ हजार रहेको छ र १० प्रतिसत श्रमदान पनि रहेको छ। निर्माण कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग भए पछि ति निमुखा गरीब निराश भएका छन। घर कति बर्ष सम्म टिकला बिषयमा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

"Interview Nepal!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्