Tuesday, March 19
Shadow

आरजु देउवा र स्वर्णिम वाग्ले प्रती सरोज मिस्रको टिप्पणी को ठिक को बेठीक !


  • -इ
  • इ+

स्वर्णिम वाग्लेले नेपाली काङ्ग्रेसमा आरजु देउवाको पेलाइमा आफ्नो क्षमता देखाउन नसकेको कारण काङ्ग्रेस छोड्ने धारणा राखेपछी सरोज मिस्रले आफ्नो फेसबुक वालमा स्वर्णिम वाग्ले र आरजु देउवा को यस्तो टिप्पणी गरेका छन ।

आरजु देउवाले ‘हामीले हारेको ठाउँमा बजेट पठाउन्नौँ’ भन्दा अनि ‘हेलिकप्टर चढ्न सक्नेलाई भोट दिनोस्’ भन्दा उनको राजनीतिक सुझबुझ एबं बौद्धिकताका बारेमा हजार प्रश्न गर्न मन लागेको थियो र गरेको पनि थिएँ। आरजु देउवाबाट मैले कुनै ‘पेलाइ’ ब्यहोर्नु परेन किनकी मैले उनी र उनको जमातबाट केही ‘लाभ’ को अपेक्षा नै गरिन!! सार्बजनिक रूपमा मैले निरन्तर आरजु देउवालाई “श्री अढाई भाउज्यू महारानी’ आदि इत्यादि भन्दै कटाक्ष गर्दै रहेँ!! तर पनि म ‘पेलाइ’ को बृत भन्दा बाहिरै रहेँ किनकी मैले त्यहाँबाट ‘लाभ’ को अपेक्षा नै गरिन! MCC को खुलेर एबं अत्यन्तै मुखर भएर समर्थन गरेँ किनकि मलाई लागेको थियो र अझै लाग्छ कि त्यो मुलुकको हितमा छ र त्यहाँ कुनै षडयन्त्र छैन!! यसो गरे बापत कुनै ‘लाभ’ खोजिन!! कांग्रेसको लाभ खोज्ने बृतमा प्रबेशै नगर्दा पनि र बेला मौकामा कांग्रेस भित्रका शक्तिकेन्द्रहरूको खुलेर बिरोध गर्दा पनि मेरो ‘कालो कांग्रेस’ tag कहिल्यै हटेन। औपचारिक रूपमा म जेजस्तो भएपनि म तात्विक रूपमा ‘कांग्रेस’ नै रहेँ!!

स्वर्णिम वाग्लेले आरजुको पेलाइ र हेपाइ खप्न नसकेर कांग्रेस छोडेको रे! यसो हो भने मलाई आज संभवत: जीवनमा पहिलो पटक
आरजु देउवाका निर्णय र ब्यवहार पनि सहि हुँदा रहेछन् भन्न मन लागेको छ। स्वयं स्वर्णिम वाग्लेले रबि लामिछानेको नेतृत्व स्वीकार्न पुग्नु भनेको र रास्वपाको उम्मेदवार बन्न पुग्नु भनेको उनमा चुन्दाम पनि राजनीतिक निष्ठा रहेनछ भन्ने प्रमाण हो, उनमा celebrity status त छ तर थोरै पनि धैर्यता छैन भन्ने बलियो आधार हो र संभवत: कुनै गहिरो षडयन्त्रको गोटी हुन् भन्ने संकेत हो।

यस्ता ब्यक्तिलाई आरजुले ‘पेलेकी’ हुन् भने भन्नैपर्ने हुन्छ – उनले ठिक गरेकी रहिछन्!! ‘अतिव पेल्न योग्य’ पात्रलाई पेलिछन्!!!

साभार – @saroj mishra

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares