Tuesday, March 19
Shadow

बोधि मार्ग दर्शन मैत्री धर्म संघले तीनदिन महामैत्री दिवस मनाउने


  • -इ
  • इ+

 

काठमाडौं । बोधि मार्ग दर्शन मैत्री धर्म संघले १८ औं महामैत्री दिवस एवं विश्वशान्ति महामैत्री पूजा चैत्र ८, ९ र १० गते गर्ने भएको छ । संघले देशैभरका जिल्लाहरुमा प्राथनासहित पूजाआजा गरी मैत्री दिवस मनाउन लागेको जानकारी दिइएको छ ।

यस अबसरमा सर्वजगतको कल्याण, सहअस्तित्व, सहजीवन र शान्तिको लागि कामना गरिने बोधि श्रवण धर्म सङ्घ नेपालका अध्यक्ष निलबहादुर थिङ्ले जानकारी दिनुभयो । हरेक वर्ष तीन दिन बिहान ६:०० बजेदेखि साँझ ५:०० बजेसम्म यस किसिमिको धार्मिक अनुष्ठान गरी मैत्री दिवस मनाउने गरेको जनाइएको छ ।

यो महान धार्मिक अनुष्ठानमा सहभागी हुन संघले सबैलाई अनुरोध पनि गरेको छ ।।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares