अखण्डित मान्छे – “चेतनपथ” माधव बिडारि
कथा सग्लो मान्छे ======== लेखक - "चेतनपथ" माधव बिडारि म बरन्डामा बसेर पुषे घाम ताप्दै असन बजारको चहलपहल हेर्दैछु।बाटोमा जिन्दगीसंग प्रतिस्पर्धा गर्नेहरुको भिड्ले भरीएको छ।मान्छेको लम्काइ देख्दा लाग्छ कोशौ टाढा जानको लागि एकाअर्कामा प्रतियोगिता चल्दैछ।म गजबले नियाल्दैछु; असन आफैमा अशक्त छ,ढुङ्गाको चेपबाट बनेको सुरुङ्ग जस्तै बाटो ,त्यसमा सलहका ताती जस्तै सामान किन्ने र बेच्नेको भिड अनि ईटाको चाङ जस्तै अवेवस्थित रुपले आकाशिएका घरहरू ।बाटोको छेउमा लम्पसार परेक...







