Saturday, April 20
Shadow

दाह्री पाल्ने मानिसमा कोरोनाको खतरा बढी !


  • -इ
  • इ+

काठमाण्डौँ, जेठ ३१
विश्वव्यापी रुपमा प्रारम्भ भएको कोरोना भाइरसविरुद्धको खोप अभियानपछि कोरोनाको संक्रमणमा कमि आउन थालेको छ ।

यस क्रममा धेरै देशहरुमा लागेको प्रतिबन्धहरु बिस्तारै खुकुलो हुन थालेका छन् अथवा हट्न थालेका छन् ।

नेपालमा पनि संक्रमितको संख्यामा लगातार कमि आउन थालेको छ ।

यसैबीच कोरोनाको बारेमा एउटा रिपोर्ट आएको छ, जसले यो घातक महामारीको संक्रमण पुरुषहरुले पाल्ने लामो दाह्रीबाट समेत बढ्न सक्छ भन्ने पत्ता लागेको छ ।

सबैलाइ थाहा भएको कुरा हो, कोभिडका विरामीले खोक्दा र हाक्छ्यूँ गर्दा भाइरस हावामा फैलिन्छ ।

अहिले भरखरै गरिएको ताजा सर्वेक्षणमा मानिसको लामो दाह्रीलाई पनि घातक भाइरसको फ्याक्टर मानिएको छ । ।

लकडाउनका कारण धेरै मानिसहरुले दाह्री काट्न ैअल्छि गरेका छन् भने कतिलाई दाह्री पाल्ने सौख पनि छ ।

यद्यपि, अहिले कोरोनाकालमा दाह्री पाल्ने कार्यलाई डाक्टरहरु जोखिमपूर्ण बताउँछन् ।

लामो दाह्रीबाट कोभिड फैलने बारेमा अमेरिकन एकेडेमी अफ डर्मेटोलोजीका सदस्य डाक्टर एथनी इम रोसी भन्छन् –‘यदि कुनै व्यक्तिको दाह्री बाक्ले र लामो छ भने अनुहारमा मास्क राम्रोसंग लाग्दैन, जसका कारण मुख र नाक राम्रोसंग कभर हुन पाउँदैन । यसैले गर्दा भाइरस सजिलै नाक र मुखबाट शरीर भित्र प्रवेश गर्छ ।’

विशेषज्ञहरुका अनुसार लामो दाह्री पाल्ने व्यक्तिले आफ्नो लागि मात्र नभएर अरुको लागि पनि खतरा बढाइरहेका छन् ।

दाह्री पाल्ने व्यक्तिबाट अरु व्यक्तिहरु संक्रमित हुन सक्छन् ।

सीडीसीका अनुसार दाह्रीका रौंले फिल्टरको काम गर्दैन ।

किनभने यिनीहरुको गहिराई कम हुन्छ र यिनिहरुले स–साना किटाणुलाई रोक्न सक्दैनन् ।

सीडीएसका अनुसार दाह्री बाक्लो राख्नाले मास्कको माध्यमबाट भाइरस लीकेज हुने सम्भावना २० देखि १,००० गुणासम्म बढ्छ ।

२०२० मै सीडीसीको चेतावनी

यसअघि पनि सीडीएसले दाह्रीस्का बारेमा एउटा सूचना जारी गरिसकेको छ । नियन्त्रण एवं निवारण केन्द्रले फोटो जारी गर्दै कसरी भिन्दा भिन्दै दाह्रीको स्टाइलले फेस मास्कको प्रभावकारितालाई कम गर्छ भन्ने बताएको छ ।

सीडीसीले २०२० मा लामो दाह्रा राख्नेहरुलाई चेतावनी दिएको थियो ।

बाक्लो र लामो दाह्री राख्नेहरुको मास्क राम्रोसंग लाग्दैन ।

अनुहारमा जति लामो र बाक्लो दाह्री हुन्छ, त्यति नै मास्क अनुहारमा फिट हुँदैन ।

यही कारणले कोरोना कालमा दाह्री काट्ने सल्लाह दिइन्छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares