Thursday, April 18
Shadow

प्रबिण हर्मेलद्धारा जन्म गाँउ लाम्मेलामा स्वास्थ्य सामाग्री हस्तान्तरण


  • -इ
  • इ+

जसिन्द्र श्रीपाली
देशमा कोरोना भाईरसको महामारी मच्चिए संगै विभिन्न देशमा रहेका नेपाली नागरिक र सामाजिक अभियान्ताहरुले देशका प्राय ठाँउ एवम् आफ्ना पायक पर्ने ठाँउमा पुगेर नागरिकलाई भोग र अभाव बाट बचाउने उद्देश्य राख्दै खाद्य सामाग्री एवम स्वास्थ्य सामाग्री हस्तान्तरण गर्ने गरेका छन । आपतको बेला जनतालाई भोक र रोग बाट बचाउनु मानवीय धर्म भएको बताउदै देशका सुगम एवम् दुर्गम ठाँउमा पुगेर सामाजीक अभियान्ता हरुले सहयोग गर्दै आएका छन ।

यसै बिच तमानखोला गा.पा ४ लाम्मेला घर भै हाल ब्यबसायीक रुपमा पोखरालाई कर्मथलो बनाएका प्रबिण हर्मेल ले आफ्नो जन्म गाँउमा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।केहि समय अगाडि कोरोना स्पोट बनेको लाम्मेलामा स्वास्थ्यकर्मी र स्थानीय जनताको समस्यालाई महसुस गर्दै आफुले जन्मथलोमा ब्यक्तिगत रुपमा भएनी स्वास्थ्य सामाग्री सहयोग गरेको हर्मेलको भनाई छ ।

धौलागिरी एकता समाज पोखराका अध्यक्ष समेत रहेका प्रबिणले पोखरामा पनि गाँउ घर बाट आउने बिरामीलाई सहयोग गर्दै आएका छन् हाल कोरोना भाईरसका महामारीको बिचमा पनी बिरामीलाई नियमित भेटघाट गर्ने उनीहरुको स्वास्थ्य अवस्था बुझ्ने लगायतका काम गर्दै आएका प्रबिणले गाडि रिजर्भ नै गरेर आफ्नो जन्मथलो पुगेर स्वास्थ्थ सामाग्री हस्तान्तरण गरेका हुन ।

छ लिटर सेनिटाईजर , २५ प्याकेट माक्स, २ थान अक्सोमिटर , २ प्याक पञ्जा ४ थान फेश सिल्ड लगायतका स्वास्थ्यसामाग्री वडा कार्यलयमा हस्तान्तरण गर्दै प्रबिणले आगामी दिनमा पनी आफ्नो गाँउघरका लागी आफु सहयोग गर्न तत्पर रहेको बताएका छन ।

राजनितिक दलका नेता, बुद्धिजिवि , जनप्रतिनिधि लगायतको उपस्थिति रहेको उक्त सहयोग सामाग्री हस्तान्तरण कार्यक्रमा बोल्दै वडा अध्यक्ष उदिम बहादुर छन्त्यालले प्रबिण हर्मेलले गाँउ बाहिर रहेपनी गाँउको लागी सहयोग गर्नुले मानवीयता र आत्मीयता दुबै पुष्टि गरेको भन्दै धन्यवाद ब्यक्त गरेका छन । बर्खाको बाटो अबिरल झरि छिचोल्दै पोखरा देखि गाँउ सम्म आएर सहयोग गरेकोमा आफुहरुलाई समेत भावुक बनाएको बताउदै अध्यक्षले ब्यक्तिगत रुपमा एवम् गाँउबासीको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन । उक्त सहयोग हस्तान्तरण कार्यक्रम संचारकर्मी योगेन्द्र विश्वकर्माको संचालनमा सम्पन्न भएको हो सहयोगी हर्मेल राहत हस्तान्तरण पछि साही दिन कर्मथलो पोखरा फर्किएका हुन ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares