Thursday, April 25
Shadow

विश्व रक्तदाता दिवसको अवसरमा नुवाकोटका दुई स्थानमा रक्तदान सम्पन्न


  • -इ
  • इ+


नुवाकोट, जेठ ३१
रक्तदान गरौं ,संसारका धड्कनहरुलाई चलायनमान वनाओैं भन्ने मुल नाराका साथ विश्व रक्तदाता दिवस नुवाकोटको दुई स्थानमा रक्तदान कार्य पुरा गरी सम्पन्न भएको छ । मानव अधिकार तथा शान्ति समाजको आयोजना ,Blood On Request In Nuwakot को समन्वय , नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तसन्चार केन्द्र भवन कलोनीमा भएको कार्यक्रममा ९ जना रक्तदाताले रक्तदान गर्नु भएको मानव अधिकार तथा शान्ति समाज नुवाकोटका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

उता सोहि अवसर पारेर किस्पाङ गाउँपालिकामा नेपाल रेडक्रस सोसाईटी काहुले उपशाखाको आयोजना ,रक्तसन्चार केन्द्र कलोनीको प्राविधिक सहयोग, समृद्व किस्पाङ र नुवाकोट जिल्ला भरका रक्तदाताहरुको छाता संस्था Blood on Request in Nuwakot को समन्वयमा भएको वृहत रक्तदान कार्यमा ३४ जना रक्तदाताहरुले रक्तदान गर्नुभएको थियो । संकलित रगत नुवाकोट जिल्लामा केहि राखेर वाँकि रक्तसन्चार केन्द्र भक्तपुर पठाईने नेपाल रेडक्रस सोसाईटी रक्तसन्चार केन्द्र कलोनीका प्रमुख लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

रगत दिने र रगत चाहिने वर्गको पुलको रुपमा परिचित Blood on Request in Nuwakot को आयोजना जेठ महिनाका यस पहिले दुई पटक रक्तदान / प्लाज्मादान क्याम्प भईसकेका छन् । नयाँ पुस्ता रक्तदानमा आकर्षित भईरहेको समयमा संस्थाको सम्पर्कमा हाल १२०० रक्तदाता रहेको र १ वर्षको अन्तरालमा २००० भन्दा वढी आकस्मिक रक्तदान कार्य नुवाकोट र काठमाडौंमा भएको Blood on Request in Nuwakot का संयोजक मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares