Tuesday, April 30
Shadow

स्वास्थ्य

नेपालमा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप ५७४३ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ५ पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७४३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेको छ। पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ९९६ छ। योसँगै हालसम्म ९९ हजार ६०५ जना निको भएका छन्। आज देशभर ४४ हजार ४७६ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७९१ पुगेको छ।...
बागमती प्रदेशद्वारा सञ्चालित अस्पतालमा निःशुल्क कोरोना उपचार

बागमती प्रदेशद्वारा सञ्चालित अस्पतालमा निःशुल्क कोरोना उपचार

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ४ बागमती प्रदेश सरकार मातहतका अस्पतालले कोभिड–१९ को उपचार निःशुल्क भइरहको प्रदेश सरकारले जनाएको छ । संघीय सरकारको नियमित पत्रकार सम्मेलनमा कोरोनाको उपचार नागरिक स्वयंले गर्ने जानकारी गराएपछि बागमती प्रदेश सरकारले आफू मातहतका अस्पताल र आइसोलेसन खर्च सरकारले व्यहोर्ने बताएको हो । बागमती प्रदेश सरकार अन्तर्गत आठ अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको बताइएको छ । प्रदेश सरकार मातहत रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुली जिल्ला अस्पताल, रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, रसुवा जिल्ला अस्पताल, भक्तपुर जिल्ला अस्पताल, नुवाकोट जिल्ला अस्पताल र अस्पतालद्वारा संचालित आइसोलेसन र अन्य स्थानीय तहमार्फत सञ्चालित थप १५ वटा आइसोलेसनमा कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको हो । प्रदेश सरकारद्वारा संचालित प्रयोगशाला...
काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिए

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक  ४ काठमाडौं उपत्यकामा १७०२ जना कोरोना संक्रमित थपिएका छन् । आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन् । डा.गौतमका अनुसारकाठमाडौंमा १ हजार ४ सय ३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् । आज सक्रिय संक्रमितहरुको संख्या ४१ हजार ७७५ पुगेको छ ।...
नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो

नेपालमा थप ३०९३ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४१,७७५ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्। आज देशभर ४१ हजार ७७५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।...
नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

समाचार, समाज, स्वास्थ्य
नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु बितरण गरेका छन्। त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष श्री कैलास पौडेल लाइ सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु सोमबार नै महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् । कोरोना भाईरसको महामारी,विभिन्न समयमा आएको बाढि पहिरो लगाएत बिपत्ति र जिल्लाले बहोर्नपरेको पीडामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टोली संगै जिल्ला पार्टी तथा भातृ एबं सुभेक्षुक संस्थाका नेताहरू सम्मीलित टोली जिल्लामा निरन्तर क्रियाशिल छ । बिस्थापित हरुको राहत,उद्वार र पुनर्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका नेबिस...
यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

यातायात मन्त्री नेम्वाङलाई कोरोना पुष्टि

ब्यानर समाचार, राजनिती, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना पुष्टि भएको छ । आज गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न र सर्तक रहन अनुरोध गरेका छन् । उनले फेसबुकमा आफूलाई कोरोना लागेको बताएका छन् । यस अघि सरकारका २ मन्त्रीहरुमा कोरोना संक्रमण भएको थियो । संक्रमण भएका मध्ये पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल छन् । नेम्वाङ कोरोना संक्रमित तेस्रो मन्त्री हुन् ।...
काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

काठमाडौं उत्यकामा २४ घण्टामै थपिए २३ सय ८८ कोरोना संक्रमित

ब्यानर समाचार 2, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार आठ, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् । आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।...
पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देश भर ३७९० जनामा कोरोना संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ पछिल्लो २४ घण्टामा नुवाकोटमा ५५ सहित देशभर ३ हजार ७९० जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। योसँगै हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।...
कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु

पत्रपत्रिका, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ३ कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्। दुई जनाको नोबेल शिक्षण अस्पतालमा, एक जनाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्युरो अस्पतालमा निधन भएको हो। मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए। निमोनिया भएर अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो। नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि उनको प...
३ सय ६७  जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६६ जना आइसियु र ४६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियुमा जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेरमा उपचाररत रहेका छन्।...