Friday, April 19
Shadow

कोरोना संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक ३
कोरोना भाइरस संक्रमणबाट विराटनगरमा थप चार जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन्। तीमध्ये एक जना अस्पताल सञ्चालक हुन्।

दुई जनाको नोबेल शिक्षण अस्पतालमा, एक जनाको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा र एक जनाको न्युरो अस्पतालमा निधन भएको हो।

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु

भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए। उनी कोभिड अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका थिए।

निमोनिया भएर अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको थियो। रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन वृद्धलाई आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।

नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ। कोरोनाको लक्षण देखिएपछि उनको पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

यस्तै कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजेतिर मृत्यु भएको हाे।

केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार असोज १९ गते कोरोना पुष्टि भएपछि वृद्धलाई उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको थियो।

विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ। न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए।

मृतक पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लि.का सञ्चालक हुन्। पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएर थप समस्या भएपछि २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो।

आईसीयूमा उपचाररत उनको स्वास्थ्यमा धेरै समस्या थपिएपछि थप उपचारका लागि भेन्टिलेटरमा राख्नुपरेको आचार्यले बताए।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares