काठमाण्डौँ, कार्तिक ३
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङलाई कोरोना पुष्टि भएको छ । आज गरिएको पिसिआर परिक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई स्वास्थ्यको ख्याल गर्न र सर्तक रहन अनुरोध गरेका छन् । उनले फेसबुकमा आफूलाई कोरोना लागेको बताएका छन् ।
यस अघि सरकारका २ मन्त्रीहरुमा कोरोना संक्रमण भएको थियो । संक्रमण भएका मध्ये पर्यटन मन्त्री योगेश भट्टराई र शिक्षा मन्त्री गिरिराजमणि पोखरेल छन् । नेम्वाङ कोरोना संक्रमित तेस्रो मन्त्री हुन् ।