Saturday, May 2
Shadow

स्वास्थ्य

३ सय ६७  जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

३ सय ६७ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत

ब्यानर समाचार 2, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ६६ जना भेन्टिलेटरमा र ३०१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६६ जना आइसियु र ४६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ४ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३५ जना आइसियु र ११ जना भेन्टिलेटरमा र प्रदेश २ मा १२ आइसियुमा जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदुरपश्चिममा ६ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेरमा उपचाररत रहेका छन्।...
काठमाडौंमा १४६९ सहित उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए

काठमाडौंमा १४६९ सहित उपत्यकामा १६९८ कोरोना संक्रमित थपिए

ब्यानर समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६९८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० कोरोना संक्रमित थपिएका हुन् । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए । आज देशभर दुई हजार ९४२ कोरोना संक्रमित थपिएका छन् ।...
नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

नेपालमा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक २ पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३२६ छ। योसँगै हालसम्म ९२ हजार १६६ जना निको भएका छन्। आज देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्।...
पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा पाँच कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार, मुख्य समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १ प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापामा तीन तथा मोरङ र सुनसरीमा एक-एक छन् । सामाजिक विकास मन्त्रालयले हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङख्या १२९ पुगेको जनाएको छ । प्रदेशमा सोही अवधिमा ४८१ कोरोना सङ्क्रमणका बिरामी थप भएका छन् । उक्त अवधिमा गरिएको एक हजार ४५० जनाको पिसिआर परीक्षणमा १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यसरी थप हुने सङ्क्रमितमा विराटनगरमा १२४ सहित मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, सङ्खुवासभामा १५, इलाममा नौ, खोटाङमा चार, भोजपुरमा एक र प्रदेश बाहिरका १५ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १३ हजार १८३ पुगेको छ । हालसम्म एक लाख ४५ हजार ३८३ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।...
विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

ब्यानर समाचार 2, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, असोज ३० विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो। विराटनगर–३ बुद्धचोकका संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो। अस्पताल प्रबन्ध नारायण दाहालले ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको जानकारी दिए। उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो। श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ। विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भए...
मनतातो पानी पिउनुका फाइदा

मनतातो पानी पिउनुका फाइदा

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाचार, समाज, स्वास्थ्य
हरेक प्राणीको जीवनका लागि पानी अत्यावश्यक छ । पानीबिनाको जीवनको कल्पना समेत गर्न सकिँदैन। साथै स्वस्थ जीवनका लागि पनि पानीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । हरेक मानिसले खाने पानीको मात्राले मानिसको स्वस्थतालाई बढाउने या घटाउने कार्य गर्छ । चिकित्सकहरूका अनुसार दैनिक रूपमा करिब ५ लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै उपयुक्त मानिन्छ । यस्तै, मनतातो पानी पिउनु पनि उत्तिकै फाइदाजनक हुन्छ । स्वास्थ्यका हिसाबले मनतातो पानी चिसो पानीभन्दा उत्तम हुन्छ । शरीर शुद्धीकरणका लागि मनतातो पानी फाइदाजनक मानिन्छ । साथै, अन्य विभिन्न रोगबाट बच्नका लागि समेत मनतातो पानिको प्रयोग गर्नु उत्तम मानिन्छ । केही यस्ता रोगहरू जुन मनतातो पानीले कम गर्न सक्छ । – मनतातो पानी पिउनाले कब्जियतबाट छुटकारा पाउन सकिन्छ । मनतातो पानीले पाचन प्रणालीलाई चुस्त राख्न मद्धत गर्छ । पाचन प्रणाली चुस्त हुँदा पेटसम्बन्धि ...
पानीमा नून हालेर नुहाउनुस्, अनि चामत्कारिक फाइदा पाउनुहोस्

पानीमा नून हालेर नुहाउनुस्, अनि चामत्कारिक फाइदा पाउनुहोस्

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
नून नहालेको दाल तरकारी खान मुश्किल पर्छ । तर खानाको स्वाद बढाउन बाहेक नुहाउँदा पनि नूनको उपयोग हुन्छ । नुहाउने पानीमा नून हाल्दा अनेकौं रोग भाग्छन् । यसले संक्रमणहरूलाई पनि निको पार्छ । ज्वरो आउँदा तपाईं सीधे नून मनतातो पानीमा हालेर नुहाउनुस् । एक बाल्टिन मनतातो पानीमा दुई चम्चा नून, एक चम्चा नरिवल तेल मिसाएर नुहाउनका लागि त्यो पानी प्रयोग गर्नुस् । यसरी नुहाउँदा रुघा र ज्वरो ठीक हुन सहायता पुग्छ । मांसपेशीको पीडा पनि नून हालेको पानीले नुहाउँदा ठीक हुन्छ । नूनिलो पानीले नुहाउँदा शरीरमा क्याल्सियमको कमी हुन पाउँदैन र हाड तथा नङ बलिया हुन्छन् । नून हालेको पानीले नुहाउँदा छाला चिलाउने समस्या हट्छ । अनि राम्रो निद्रा पनि लाग्छ । अनिद्राको समस्या भएकाहरूले नून हालेको पानीले नुहाउने सल्लाह दिइन्छ । नूनपानीको स्नानले शारीरिकका साथै मानसिक स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यस्तो पान...
प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती कहिल्यै नगर्नुस्

प्याजको बोक्रा फाल्नु हुन्छ ? यस्ताे गल्ती कहिल्यै नगर्नुस्

अचम्मका कुरा, जिवनसैली, टिप्स, समाज, स्वास्थ्य
के तपाईँ प्याजको बोक्रा फालेर तरकारी वा अचारमा प्रयोग गर्दै गर्नुहुन्छ ? तपाईँले गलत गर्नुभयो । किनकी प्याजको बोक्रा फाल्नु भनेको धेरै कुरा फाल्नु हो । कुनै कुनै तरकारीका बोक्रा कामै नलाग्ने हुन्छन् । तर प्याज यस्तो तरकारी हो जसको बोक्राको उपयोग धेरै हुन्छ । सिधै प्याजको बोक्रा खानेकुरा पनि भएन । तर अन्य तरिकाले प्याजको बोक्रा खान सकिन्छ । पेस्ट बनाएर अचार वा तरकारीहरुमा मिसाएर प्याजको बोक्रा सजिलै खान सकिन्छ । के के छन् प्याजका बोक्राका फाइदा ? हेयर कन्डिसनरको रुपमा प्रयोगः नुहाउने बेला कपाललाई राम्रोसँग धुनुहोस् र त्यसपनि प्याजको बोक्रा भएको पानीले केही बेर सफा गर्नुहोस् । यसले कपाल एकदम चम्किलो र नरम हुन्छ । कोलेस्ट्रोल कम गर्न सहयोगीः प्याजको बोक्राले शरिरको कोलेस्ट्रोलको स्तरलाई पनि कम गर्न सहयोग गर्दछ । यसका लागि पनि रातभरी प्याजको बोक्रालाई पानीमा भिजाउनुहोस् र दैनिक...
कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए उपचार खर्च सरकारले नबेहोर्ने

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ । मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गरिएको हो । मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निशुल्क गर्ने जानकारी दिए । उनका अनुसार सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट नै व्यहोर्ने छ । एन्टिजेन टेष्ट मास स्क्रिनिङ्, तुरुन्तै रिपोर्ट चाहिनेको लागि र धेरै व्यक्ति एकै स्थानमा बस्‍ने (व्यारेक)मा प्र...
उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

उपत्यकामा १ हजार ४०३ जना नयाँ कोरोना संक्रमित

ब्यानर समाचार, ब्यानर समाचार 2, मुख्य समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, असोज २८ पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या ४१ हजार ७८९ पुगेको छ।...