Thursday, April 25
Shadow

स्वास्थ्य

देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

देशभर ३५१७ जना कोरोना संक्रमित थपिए, जम्मा संक्रमित १६८२३५

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक १४ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख २८ हजार ९ सय ५८ पुगेको छ। पछिल्लो २४ घन्टामा १६ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।...
संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैन : डब्लुएचओ

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ११ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरूमा दोस्रो चरणको लहर देखा परेपछि ती देशहरूमा फेरि प्रतिबन्धहरू लागू गरिएपछि डब्लुएचओको यस्तो भनाइ आएको हो। कोभिड- १९ सम्बन्धी डब्लुएचओकी प्राविधिक प्रमुख मरिया भान केरकोभेले प्रतिबन्धहरूभन्दा सम्बन्धित देशहरूले अनुगमन, परीक्षण र कन्ट्याक ट्रेसिङलाई मजबुत बनाउनेतर्फ सोच्नुपर्ने बताउनुभएको छ। गत साता विश्वभर देखिएकामध्ये ४६ प्रतिशत नयाँ संक्रमितहरू यूरोपेली देशहरूका नागरिक भएको भन्दै वर्तमान समयमा यूरोप कोरोनाको केन्द्रविन्दु बन्दै गएको पनि डब्लुएचओले बताएको छ। यसैबीच पछिल्लो २...
बेलकोटगढीका यी वडाहरुमा जारी भयो ७ दिनका लागि निषेधाज्ञा

बेलकोटगढीका यी वडाहरुमा जारी भयो ७ दिनका लागि निषेधाज्ञा

मुख्य समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
नुवाकोट, कार्तिक ९ नुवाकोटको बेलकोटगढी नगरपाििलकाको ३, ७, ८, ९ र १० नं. वडाहरुमा ७ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कार्तिक २ गते लिईएको स्वावमा ८ जनाको रिपोर्ट पोजेटिभ आए संगै नगर क्षेत्रमा संक्रमण दर बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको नगरपालिकाले जनाएको छ । उक्त वडाहरुमा आज(कार्तिक ९ गते) बिहान १० बजे दखि ७ दिन सम्म लागु हुने गरी निषधाज्ञा जारी गरेको छ । ...
नेपालमा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४५,५७२ पुग्यो

नेपालमा थप २८५६ जनामा कोरोना भाइरसको संक्रमण, सक्रिय संक्रमितको संख्या ४५,५७२ पुग्यो

ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ९ पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८४७ पुगेको छ।...
परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

परिस्थितिको बाध्यताअनुरुप चाडपर्व मनाउन स्वास्थ्यमन्त्रीको आग्रह

ब्यानर समाचार, मुख्य समाचार, राजनिती, समाचार, स्वास्थ्य
  काठमाण्डौँ, कार्तिक ८ स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नुपर्ने परिस्थितिको बाध्यतानुरुप नै चाडपर्व मनाउन अपिल गरेका छन्। बडादसैंका अवसरमा आज शुभकामना दिँदै मन्त्री ढकालले कोरोना महामारीका कारण यस चाडलाई सीमितरुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको जनाउँदै कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दूरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराएका छन्। ‘दसैं लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो,’ मन्त्री ढकालले भनेका छन्, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजि...
अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हँदै

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाडौं, कार्तिक ९ अमेरिकामा कोरोनाविरुद्धको खोपको अन्तिम चरणको परीक्षण सुचारु हुने भएको छ। औषधि निर्माता कम्पनी एस्ट्राजेनिका र जोन्सन एन्ड जोन्सन कम्पनीले खोपको अन्तिम चरणको परीक्षण सुचारु गर्न आफूहरु तयार भएको बताएका छन्। गत सेप्टेम्बरको पहिलो हप्तादेखि अमेरिकामा एस्ट्राजेनिकाको खोप परीक्षण रोकिएको थियो भने गतहप्ता मात्र जोन्सन एन्ड जोन्सनको खोप परीक्षण रोकिएको थियो। जोन्सन एन्ड जोन्सन तथा एस्ट्राजेनिकाले निर्माण गरेको खोप लगाउँदा स्वयंसेवक बिरामी परेको भन्दै अमेरिकामा ती खोपको परीक्षण स्थगित गर्नु परेको थियो। यसैहप्ताको शुक्रबारदेखि दुई कम्पनीले खोप परीक्षण सुचारु गर्ने द गार्जियनले जनाएको छ। एजेन्सी...
पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ कोरोना संक्रमित

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ। आज देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।...
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड २४ लाख नाघ्यो

अन्तर्राष्ट्रिय, ब्यानर समाचार, समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ८ विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ४ करोड २४ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये ११ लाख ४९ हजारको मृत्यु भएको छ । ३ करोड १४ लाख संक्रमणमुक्त भएका छन् । ९८ लाख ९७ हजार सक्रिय संक्रमित रहेका छन् । अमेरिकामा ८७ लाख संक्रमितमध्ये २ लाख २९ हजारको मृत्यु भएको छ । भारतमा ७८ लाख संक्रमितमध्ये एक लाख १७ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५३ लाख संक्रमितमध्ये एक लाख ५६ हजारको मृत्यु भइसेको छ ।...
कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

कोरोना संक्रमित बिरामीलाई घर घरमा खानेकुरा र अन्य सामानहरु बाड्दै टोकियो सरकार

अन्तर्राष्ट्रिय, समाचार, समाज, स्वास्थ्य
मनोज अधिकारी/टोकियो कार्तिक ६ कोरोना भाइरसको संक्रमणबाट तंग्रिँदै गर्दा घरमा क्वारेन्टाइनमा बस्दा कसैलाई पनि रमाइलो लाग्दैन । टोकियोको अदाची वडामा भने यस्तो नरमाइलो कम गर्ने कम्तिमा केही कुरा छ । त्यो हो होम रिकुपरेशन सेट । यो सेटमा खानेकुरा, पेय पदार्थ सहित दैनिक जीवनमा अत्यावश्यक अन्य विविध सामाग्रीहरु राखिएको छ । यो सेट वडा आफैंले वितरण गरेको हो ।बिरामीहरुले एक हप्ताको अन्तरालमा दुई ओटा सेट प्राप्त गर्छन् । यो सेटमा ७ बोतल पानी, माइक्रोवेबमा तताउन मिल्ने भातको १२ प्याकेट, १ लोफ पाउरोटी, ४ कम इन्ष्ट्यान्ट रामेन, ४ प्याक इन्ष्ट्यान्ट करी, ५ प्याक इन्ष्ट्यान्ट राइस बल टपिङ, २ इन्ष्ट्यान्ट ह्यामबर्गर स्टिक राखिएको छ ।सेटमा यस बाहेक पनि क्यानमा राखिएको माछा र याकितोरी चिकेन, ८ मिक्स्ड भेजिटेबल प्याक, १ प्याक चेरी टोमेटो, ३ ओटा काक्रो, १० ओटा अन्डा, १ काइयो केरा, ६ ओटा सुन्तला, ६ प्याके...
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण पुष्टि

ब्यानर समाचार, मुख्य समाचार, स्वास्थ्य
काठमाण्डौँ, कार्तिक ६ वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ। केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन्। मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  ...