Thursday, April 25
Shadow

नेविसंघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाद्धारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण


  • -इ
  • इ+

नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री बलदेव तिमल्सिनाले सोमबार सिन्धुपाल्चोक जिल्लाको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ स्थित धुस्कुन स्वास्थ्य चौकीमा सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु बितरण गरेका छन्।

त्यसैगरी वडा कार्यालयको प्रयोजनका निम्ति जिल्लाको भोटेकोसी गाउँपालिका वडा नं ३ का अध्यक्ष श्री कैलास पौडेल लाइ सोलार बत्ति,N95 मास्क,सेनेटाइजर लगाएतका अत्यावश्यक सामग्रीहरु सोमबार नै महामन्त्री तिमल्सिनाले हस्तान्तरण गरेका छन् ।

कोरोना भाईरसको महामारी,विभिन्न समयमा आएको बाढि पहिरो लगाएत बिपत्ति र जिल्लाले बहोर्नपरेको पीडामा मल्हम लगाउन तिमल्सिनाको नेतृत्वको टोली संगै जिल्ला पार्टी तथा भातृ एबं सुभेक्षुक संस्थाका नेताहरू सम्मीलित टोली जिल्लामा निरन्तर क्रियाशिल छ । बिस्थापित हरुको राहत,उद्वार र पुनर्स्थापनामा जिल्लाामा अग्रणी भुमिकामा रहेका नेबिसंघ महामन्त्री तथा नेपाली काॅंग्रेसका नेता तिमल्सिनाले अहिले खाद्यान्न, सोलार बत्ति र N95 मास्क, सर्जिकल मास्क,सेनेटाइजर,ग्लोब्स लगाएत स्वास्थ्य साबधानिका सामाग्री बितरण अभियान संचालनमा रहेको जानकारी गराए ।

यसैक्रममा केही समय पहिले इलाका प्रहरी कार्यालय बाह्रबिसे सिन्धुपाल्चोकमा कार्यरत प्रहरी हरुको निम्ति त्यहाॅंका कार्यलय प्रमुख प्रहरी निरीक्षक देवेन्द्र शाह संगै बाह्रबिसे नगरपालिका वडा नं ७ स्थित घुम्थाङ उपस्वास्थ चौकीको प्रयोजनका निम्ति पुर्ब गाबिस अध्यक्ष धर्म श्रेष्ठ, नेपाली काङ्ग्रेसका वडा इकाई सभापति कृष्ण बा.श्रेष्ठ र वडा सदस्य वीर बहादुर(बलराम)थापा मार्फत स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगाएत सामाग्री प्रदान गरीएको थियो ।

महामारीको संत्रास र जोखिम बढिरहेको र सरकार झन असंबेदनशिल बनिरहेको बर्तमान अबस्थामा थप दायित्वबोधका साथ यो अभियान निरन्तर जारी रहने महामन्त्री तिमल्सिनाले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares