काठमाण्डौँ, कार्तिक ६
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधि अपनाएर होम आइसोलेसनमा रहेका मुख्यमन्त्री पौडेललाई बिहीवार कोरोना पुष्टि भएको उनका प्रेस सल्लाहकार प्रकाश दाहालले जानकारी दिएका छन्।
मुख्यमन्त्रीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एक जना कार्यालय सहयोगीमा पनि बिहीवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।