काठमाण्डौँ, कार्तिक ३
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार आठ, भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।
आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।