Saturday, April 20
Shadow

बागमती प्रदेशद्वारा सञ्चालित अस्पतालमा निःशुल्क कोरोना उपचार


  • -इ
  • इ+

काठमाण्डौँ, कार्तिक ४
बागमती प्रदेश सरकार मातहतका अस्पतालले कोभिड–१९ को उपचार निःशुल्क भइरहको प्रदेश सरकारले जनाएको छ ।

संघीय सरकारको नियमित पत्रकार सम्मेलनमा कोरोनाको उपचार नागरिक स्वयंले गर्ने जानकारी गराएपछि बागमती प्रदेश सरकारले आफू मातहतका अस्पताल र आइसोलेसन खर्च सरकारले व्यहोर्ने बताएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत आठ अस्पताल र त्यहाँबाट सञ्चालित आइसोलेसनमा कोरोना संक्रमितको निःशुल्क उपचार भइरहेको बताइएको छ ।

प्रदेश सरकार मातहत रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुली जिल्ला अस्पताल, रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, रसुवा जिल्ला अस्पताल, भक्तपुर जिल्ला अस्पताल, नुवाकोट जिल्ला अस्पताल र अस्पतालद्वारा संचालित आइसोलेसन र अन्य स्थानीय तहमार्फत सञ्चालित थप १५ वटा आइसोलेसनमा कोरोना संक्रमितको उपचार निःशुल्क भइरहेको हो ।

प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षणसमेत निःशुल्क भइरहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares