Monday, May 20
Shadow

स्थानिय तह

साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

साँझमा गंगटे पार्क जे देखियो (फोटो फिचर)

ब्यानर समाचार, ब्लोअप, मनोरञ्जन, समाज, स्थानिय तह
नुवाकोट, असोज २८ विदुर नगरपालिका वडा नं ५ मा रहेको गंगटे पार्क सबैको रोजाईमा पर्न थालेको छ । साँझपख साथिभाई भेटघाट, शारीरिक कसरत देखि आराम गर्ने थलो बनेको छ पार्क । आज भोलि दशैँलाई घर आएकाहरु पार्क घुम्न आउनेको घुईचो नै रहेको छ । बिहिवार साँझ पार्कमा देखिएका दृश्यहरु हेर्नुहोस् : तस्वीर : राजेन्द्र गजुरेल ...
एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस

आर्थिक, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज २३ करिब एक करोड लागतमा धादिङको गल्छी चोकमा बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आएको छ । बिहिवार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले उद्घाटन गरेका छन् । नेपाली बजारमा पछिल्लो समय बर्गर हाउस प्रति आकर्षण बढ्दै गईरहेको छ । सोहि अनुरुप बर्गर हाउस को शाखाहरु तिव्र रुपमा विस्तार भईरहेको छ । सोहि क्रममा नुवाकोट, रसुवा जाने तर्फ गल्छी चोकमा उक्त बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन संचालनमा आएको छ । ग्रहकको रुचि अनुसारका ताजा ताजा खानेकुराहरु ग्राहकले अडर गरे पछि मात्र बनाईने भएकोले पनि स्वास्थ्यबद्र्धक खानका परिकारहरु पाईने संचालक मध्येका एक पुर्षोतम प्याकुरेलले बताए । पारिवारीक एवम् शान्त वातावरणमा विभिन्न खानाका स्वादिष्ट परिकारको मज्जा लिनुको साथै जन्म दिन मनाउनको लागि छुट्टै बस्ने व्यवस्था समेत रहेको छ । ...
विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन

आर्थिक, ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, असोज १८ नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा रहेको जिल्ला कै पहिलो हेलिप्याड सहितको गंगटे पार्कको उद्घाटन गरिएको छ । आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् । विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सभापति नगरपालिकाका मेयर सन्जु पण्डित, प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, विषेश अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली त्यस्तै अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, नगरपालिकाको उपमेयर गिता कुमारी दाहाल लगाएत नगरवासिहरुको उल्लेख्य उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्न...
प्रतिस्पर्धीलाई चकित पार्दै नगर सभापति मुकुन्द तिमल्सिना

प्रतिस्पर्धीलाई चकित पार्दै नगर सभापति मुकुन्द तिमल्सिना

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाण्डौँ, असोज ११ नेपाली कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमल्सिनाको चर्चा बढे पछि प्रतिस्पर्धीहरु चकित परेका छन् । पार्टी भित्र गुटको राजनिति अन्त्य गर्दै नेपाली कांग्रेसको मर्मलाई आत्मसाथ गर्दै पार्टी भित्र रहेको गुटको अन्त्य गर्नुपर्छ भन्ने मुख्य उद्देश्य तिमल्सिनाको रहेको छ । पार्टी भित्र पारदर्शी नेतृत्वको माग बढ्दै गएको अवस्थामा वडा नं १ का ३९ वर्षिय तिमल्सिना आफैँमा नयाँ जोस जागर र पारदर्शी भएकै कारण पनि नगर सभापतिमा उनको विशिष्ठ चर्चा रहेको छ । नेपाली कांग्रेस भित्र गुटगत राजनिति हाबि भईरहदाँ त्यसले पार्टी कमजोर बनाएको तिमल्सिनाको भनाई छ । पार्टी भित्रको गुटगत राजनितिका कारण सम्भावना भएका मान्छे सधै पछि पर्नु परेको भन्दै आफू कुनै गुटमा आवद्ध नभई नगर सभापतिमा उम्मेदवारी दिएको उनले बताए । उनले भने, म कुनै गुटको नेता कार्यकर्ता नभई पार्टीको कार्यकर्ता हुँ । यस कार...
नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना

नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना

राजनिती, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ११ असोज,काठमाडौं । नेपाली कांग्रेस तारकेश्वर ४ को उप सभापतिमा राना सर्वसम्मत चयन भएका छन् ।  २८ वर्षको उमेरमा राना नेपाली कांग्रेसका उप–सभापति हुन् सफल भएका हुन् । राना नेपाल विद्यार्थी संघमा विगत १० वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै र विद्यार्थीहरुको समस्याहरुलाई हल गर्दै आएका विद्यार्थी नेता समेत हुन् । असोज ५ गते सम्पन्न तारकेश्वर नगरपालिकाको वडा अधिवेशनबाट राना तारकेश्वर–४ का कांग्रेसका उपसभापतिमा चयन भएका हुन् । युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ राना राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । सक्षम रुपमा अगाडि बद्नुका लागि अबको नेतृत्वमा युवा हुनु जरुरत रहेको रानाले बताएका छन् ।...
धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, असोज १० नेपाली कांग्रेस धादिङका युवा नेता उमेश कुमार श्रेष्ठले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) को उम्मेदवारी घोषणा गरेका छन् । धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ विशालनगर,आरूघाट निवासी नेपाल तरूण दल साविक क्षेत्र नं. १,धादिङका पूर्व क्षेत्रिय अध्यक्ष समेत रहेका श्रेष्ठ धादिङका यूवाहरूका विच लोकप्रिय रहेका छन्।विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहनुभएका तरूण नेता श्रेष्ठ त्यस क्षेत्रका जनताको प्रत्यक्ष सुख:दुखमा साथ दिने सहयोगी तथा परोपकारी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आदिवासी जनजाति समुहवाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीको संगठनलाई सुदृढ,बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी ...
काँग्रेस महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

काँग्रेस महाराजगंज नगर सभापतिमा गंगेश तिवारीले उमेदवारी दिने

राजनिती, समाचार, स्थानिय तह
कपिलवस्तु, असोज १० नेपाली काँग्रेसको कपिलवस्तु जिल्लाको महाराजगंज नगर सभापतिमा गंगेश नाथ तिवारीले उमेदवारी दिने भएका छन् । तिवारीले काँग्रेसको आगामी हुने महाराजगंज नगर अधिवेशनमा आफूले सभापति पदका लागि उमेदवारी दिने बताए । त्यसको लागि क्षेत्रका अग्रज नेताहरु संग राय सुझाव र परामर्श गर्दै आवश्यक तयारी गरिरहेको पनि उनले जानकारी दिए । हाल नेपाली काँग्रेस कपिलवस्तु जिल्लाको महाराजगंज नगर समितिको सचिवमा दुई बर्ष देखि सक्रिय सहभागिताका साथ रहनु भएका उहां अब नगर सभापतिमा आउनेगरी तयारी गरिरहेको बताए l विगत डेढ़ दशक देखि सामाजिक अभियन्ताका रूपमा रहनु भएका तिवारी उहां कर्मठ, जुझारू, इमानदार, संघर्ष शील युवा नेता को रूपमा परिचत रहनु भएका पार्टी को हकहितमा समेत सक्रिय भुमिका निर्वाह गर्दै आएका छन् l ‘तपाईंको उमेदवारी किन’ भन्ने प्रश्नमा तिवारीले व्यक्तित्व विकासका साथ युवाहरुलाई व्यवसाय उन्मु...
आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

आइतवारदेखि भौतिकरुपमा विद्यालय सञ्चालन गर्ने काठमाण्डौ महानगरको निर्णय

शिक्षा, समाचार, स्थानिय तह, स्वास्थ्य
लक्ष्मण श्रेष्ठ ०८,असोज काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले १० गते आइतवार बाट भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने निर्णय भएको हो । महानरपालिकाको शिक्षा विभागले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको छ । भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गर्नुपर्नेछ ।भनेरविभागका प्रमुख रामप्रसाद सुवेदीले बताएका छन्। विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन । विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्या...
कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारीता

कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारीता

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौँ, असोज ७ नेपाली कांग्रेसको असोज ९ गते हुने गाउँ नगरपालिकामा हुने अधिवेशनमा काठमाण्डौँको तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमिल्सिनले उम्मेदवारीता दिएका छन् । वडा नं १ का ३९ वर्षिय तिमिल्सिना नेपाली कांग्रेसमा सक्रिय रुपमा क्रियाशिल रहदैँ आएका छन् । तिमिल्सिना विगत लामो समय देखि कांग्रेस राजनितिमा सक्रिय हुदैँ आएका एक युवा व्यवसायि पनि हुन् । पछिल्लो समय राजनितिक नेतृत्वमा युवा सहभागिताको आवश्यकता रहेको भन्दै आफूले उम्मेदवारीता दिएको तिमिल्सिनाले बताए । पार्टि भित्र व्याप्त रहेका समस्याहरुलाई अन्त्य गर्दै कांग्रेसको मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै असल नेतृत्वको भूमिकामा रहेको काम गर्ने उनको प्रतिवद्धता रहेको छ ।...
१८ वर्षको उमेरमा काठमाडौं उपत्यकाकै कान्छो क्षेत्रीय प्रतिनिधि भए मियाँ

१८ वर्षको उमेरमा काठमाडौं उपत्यकाकै कान्छो क्षेत्रीय प्रतिनिधि भए मियाँ

राजनिती, समाचार, स्थानिय तह
लक्ष्मण श्रेष्ठ ०७ असोज,काठमाडौं नागार्जुन नगरपालिका वडा नं १ का सुल्तान मियाँ काठमाडौं उपत्यकाकै नेपाली कांग्रेसका कान्छो क्षेत्रीय प्रतिनिधि रुपमा स्थापित भएका छन् । १८ वर्षको उमेरमा मियाँ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् सफल भएका हुन् । मियाँ नेपाल विद्यार्थी संघमा विगत केही वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका विद्यार्थी नेता समेत हुन् । असोज ५ गते सम्पन्न नागार्जुन नगरपालिकाको वडा अधिवेशनबाट मिया नागार्जुन–१ का कांग्रेसका क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ मिया राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ ।  ...