Friday, March 29
Shadow

एक करोड लागतमा गल्छी चोकमा खुल्यो बर्गर हाउस


  • -इ
  • इ+

काठमाण्डौँ, असोज २३
करिब एक करोड लागतमा धादिङको गल्छी चोकमा बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन सञ्चालनमा आएको छ । बिहिवार बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले उद्घाटन गरेका छन् ।

नेपाली बजारमा पछिल्लो समय बर्गर हाउस प्रति आकर्षण बढ्दै गईरहेको छ । सोहि अनुरुप बर्गर हाउस को शाखाहरु तिव्र रुपमा विस्तार भईरहेको छ । सोहि क्रममा नुवाकोट, रसुवा जाने तर्फ गल्छी चोकमा उक्त बर्गर हाउस एण्ड क्रन्चि फ्राइ चिकेन संचालनमा आएको छ । ग्रहकको रुचि अनुसारका ताजा ताजा खानेकुराहरु ग्राहकले अडर गरे पछि मात्र बनाईने भएकोले पनि स्वास्थ्यबद्र्धक खानका परिकारहरु पाईने संचालक मध्येका एक पुर्षोतम प्याकुरेलले बताए ।

पारिवारीक एवम् शान्त वातावरणमा विभिन्न खानाका स्वादिष्ट परिकारको मज्जा लिनुको साथै जन्म दिन मनाउनको लागि छुट्टै बस्ने व्यवस्था समेत रहेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares