लक्ष्मण श्रेष्ठ
०७ असोज,काठमाडौं
नागार्जुन नगरपालिका वडा नं १ का सुल्तान मियाँ काठमाडौं उपत्यकाकै नेपाली कांग्रेसका कान्छो क्षेत्रीय प्रतिनिधि रुपमा स्थापित भएका छन् ।
१८ वर्षको उमेरमा मियाँ नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् सफल भएका हुन् । मियाँ नेपाल विद्यार्थी संघमा विगत केही वर्षयता सक्रिय रुपमा जिम्मेवारी निर्वाह गर्दै आएका विद्यार्थी नेता समेत हुन् ।
असोज ५ गते सम्पन्न नागार्जुन नगरपालिकाको वडा अधिवेशनबाट मिया नागार्जुन–१ का कांग्रेसका क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् । युवाहरुले देश हाक्नुपर्छ भन्ने मान्यताकहा साथ मिया राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ ।