Friday, May 3
Shadow

प्रतिस्पर्धीलाई चकित पार्दै नगर सभापति मुकुन्द तिमल्सिना


  • -इ
  • इ+

काठमाण्डौँ, असोज ११
नेपाली कांग्रेस तारकेश्वर नगर सभापतिमा मुकुन्द तिमल्सिनाको चर्चा बढे पछि प्रतिस्पर्धीहरु चकित परेका छन् । पार्टी भित्र गुटको राजनिति अन्त्य गर्दै नेपाली कांग्रेसको मर्मलाई आत्मसाथ गर्दै पार्टी भित्र रहेको गुटको अन्त्य गर्नुपर्छ भन्ने मुख्य उद्देश्य तिमल्सिनाको रहेको छ । पार्टी भित्र पारदर्शी नेतृत्वको माग बढ्दै गएको अवस्थामा वडा नं १ का ३९ वर्षिय तिमल्सिना आफैँमा नयाँ जोस जागर र पारदर्शी भएकै कारण पनि नगर सभापतिमा उनको विशिष्ठ चर्चा रहेको छ ।

नेपाली कांग्रेस भित्र गुटगत राजनिति हाबि भईरहदाँ त्यसले पार्टी कमजोर बनाएको तिमल्सिनाको भनाई छ । पार्टी भित्रको गुटगत राजनितिका कारण सम्भावना भएका मान्छे सधै पछि पर्नु परेको भन्दै आफू कुनै गुटमा आवद्ध नभई नगर सभापतिमा उम्मेदवारी दिएको उनले बताए । उनले भने, म कुनै गुटको नेता कार्यकर्ता नभई पार्टीको कार्यकर्ता हुँ ।

यस कारण नगर सभापतिमा मेरो उम्मेदवारीता : मुकुन्द तिमल्सिना
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्र्तगत यहि १६ गते हुने तारकेश्वर नगर अधिवेशनको सभापतिमा मेरो उम्मेदवारीता रहेको छ । उम्मेदवारीता संगै मेरो मुख्य एजेन्डाहरु यस प्रकार रहेका छन् :

आगामी स्थानिय निर्वाचनमा नगर भित्रका ११ वटा वडा साथै नगर प्रमुख र उप प्रमुख कांग्रेसको निर्वाचित गराउने,
स्थानिय तहको निर्वाचन पछि भएका व्यथितिको अन्त्य गर्ने,
पार्टी गुटको अन्त्य गर्ने छु,
यस नगरपालिका भित्रका सडकहरु स्तर उन्नति गर्न सम्बन्धित निकायलाई दबाब दिने,

व्यवस्थीत शहरीकरण, कृषि बजारको व्यवस्थापन, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, रोजगार को व्यवस्थापनको लागि स्थानिय सरकार संग समन्वय गर्ने,
पार्टी संगठनलाई सुदृण र व्यापक विस्तार गर्ने,
पर्टी भित्र पारदर्शीताको साथै एकता र रुपान्तरणका लागि काम गर्ने छु, 
मुख्यतया पार्टीको मूल्य, मान्यता, बिधि, बिधान, र नीतिलाई आत्मसाथ गर्दै सबै नेता तथा कार्यकर्तालाई समान व्यवहारको साथै पुराना पुस्तालाई सम्मान सहितको जिम्मेवारीता र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने छु ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares