Tuesday, March 19
Shadow

धादिङ प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) उमेश कुमार श्रेष्ठको उम्मेदवारी घोषणा


  • -इ
  • इ+

काठमाण्डौँ, असोज १०
नेपाली कांग्रेस धादिङका युवा नेता उमेश कुमार श्रेष्ठले आसन्न प्रदेश सभा क्षेत्रिय अधिवेशनमा धादिङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं २(ख)बाट प्रदेश प्रतिनिधि (जनजाती तर्फ) को उम्मेदवारी घोषणा गरेका छन् ।

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.२ विशालनगर,आरूघाट निवासी नेपाल तरूण दल साविक क्षेत्र नं. १,धादिङका पूर्व क्षेत्रिय अध्यक्ष समेत रहेका श्रेष्ठ धादिङका यूवाहरूका विच लोकप्रिय रहेका छन्।विभिन्न सामाजिक संघ संस्था र अभियानहरू मार्फत समाजसेवामा समेत संलग्न रहनुभएका तरूण नेता श्रेष्ठ त्यस क्षेत्रका जनताको प्रत्यक्ष सुख:दुखमा साथ दिने सहयोगी तथा परोपकारी व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। आदिवासी जनजाति समुहवाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले पार्टीको संगठनलाई सुदृढ,बलियो र व्यवस्थित बनाउन आफुले उक्त पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

पार्टी र भातृ संगठनहरुको संरचना तल्लो तहसम्म पुर्याउने,र विधानको कार्यान्वयनलाई जोड दिने लक्ष्यसहित उनी चुनावी मैदानमा होमिएका हुन् ।नेता श्रेष्ठले खास गरी नेपाली कांग्रेसको संगठनलाई परिवर्तित सन्दर्भमा यूवा र आम नागरिकको भरोसाको केन्द्र वनाउने सन्दर्भमा आफुले भुमिका खेल्ने वताउदै निकट भविष्यमा हुने विभिन्न तहका निर्वाचनमा पार्टीको पक्षमा वलियो जनमत निर्माण गरि सबै निर्वाचन हरूमा जित सुनिश्चित गर्न लागि पर्ने समेत वताउनुभयो। साथै श्रेष्ठले प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेसंगै पार्टीका नेता र कार्यकर्तासंग भेटघाट र छलफललाई तीव्रता दिएका छन्।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares