Thursday, April 25
Shadow

विदुर ५ मा हेलिप्याड सहितको गंगटे पार्क उद्घाटन


  • -इ
  • इ+

काठमाण्डौँ, असोज १८
नुवाकोटको विदुर नगरपालिका वडा नं ५ मा रहेको जिल्ला कै पहिलो हेलिप्याड सहितको गंगटे पार्कको उद्घाटन गरिएको छ । आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले एक कार्यक्रमको बिच उद्घाटन गरेका हुन् ।

विदुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रमको सभापति नगरपालिकाका मेयर सन्जु पण्डित, प्रमुख अतिथि बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे, विषेश अतिथि भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनाली त्यस्तै अतिथिहरु जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलाल, नगरपालिकाको उपमेयर गिता कुमारी दाहाल लगाएत नगरवासिहरुको उल्लेख्य उपस्थीति रहेको थियो ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पाण्डेले प्रदेश सरकारमा विभिन्न किसिमका पार्क निर्माणका लागि भन्दै बजेट माग्ने तर निर्माण कार्य अन्योल हुने गरेकोमा यस पार्कले समयमा नै सहि नतिजा देखाएको बताए । साथै पार्कलाई सधै नगरपालिका र प्रदेश सरकारले संरक्षण गर्न नसक्ने भन्र्दै अब यसै पार्कलाई आम्दानीमुखी बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री मैनालीले, यस पार्क नुवाकोट जिल्लाको पहिचान बन्ने बताए । जिल्लामा रहेका अन्य संरचनाहरु जस्तै यस पार्क पनि एक महत्वपूर्ण रहेको उनले बताए । प्रंदेश सरकारले खालि रहेका जग्गाको उपयोग गर्ने निति अगाडि बढाएको भन्दै उनले यस पार्कले पनि खेर गएको जग्गाको संरक्षण गर्दै उपयोग गरेकोमा खुसि व्यक्त गरे ।

नगरपालिकाका मेयर सन्जु पण्डिले यस पर्क विदुर नगरकै पहिचान भएको बताए । हरेक उमेर समुहका व्यक्तिहरुको रोजाईमा यस पार्क पर्दै गएकोले यसले समग्र नगरको पर्यटन प्रवद्र्धनमा समेत सहयोग गरेको बताए ।

पछिल्लो समय स्थानियहरुको मनोरञ्जनको मुख्य केन्द्र बनेको पार्क आकर्षणको केन्द्र बिन्दु भएको छ । बालबालिका खेल्ने देखि सबै उमेर समुहका मानिस त्यहाँ पुगेर सुन्दर वातावरणमा आराम महशुस गर्दै दिनहरु बिताउने माध्यम बनेको छ । बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको समपुरक अनुदानमा सो पार्क निर्माण गरिएको वडाध्यक्ष शिव कुमार चित्रकारले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares