Thursday, March 28
Shadow

स्थानिय तह

शुक्लागण्डकी नगरपालिकाको पारदर्शी भित्तो :सुशासन कायम गराउने उद्देश्य

शुक्लागण्डकी नगरपालिकाको पारदर्शी भित्तो :सुशासन कायम गराउने उद्देश्य

ब्यानर समाचार 2, राजनिती, समाचार, स्थानिय तह
काठमाडौँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले पारदर्शी भित्तो स्थापना गरेको छ । स्थानीय तह निर्वाचनबाट निर्वाचित भएको एक सय दिनको अवसर पारेर नगरपालिकामा आइतबार पारदर्शी भित्तो राखिएको हो । नगरमा सुशासन कायम गराउने उद्देश्यसहित पारदर्शी भित्तो स्थापना गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । “नगरपालिकाले गर्ने हरेक गतिविधि नगरवासीले थाहा पाउनुपर्छ । यही जानकारी गराउन पारदर्शी भित्तो राखिएको हो । हामी जनताका सेवक हौँ, हामीले गर्ने हरेक काम जनताले थाहा पाउनुपर्छ, यहाँ लुकाउने, ढाट्ने, छल्ने कुरा हुँदैन”, उहाँले भन्नुभयो, “नगरपालिकाले के गरेको छ, भावी योजना के छन्, नीति र निर्णय के भएका छन् भनेर स्पष्ट थाहा पाउन सहज होस् भनेर पारदर्शी भित्तो राखेका हौँ ।” निवेदन दिएपछि मात्रै सूचना दिने प्रचलनको अन्त्य गर्न पारदर्शी भित्तो सञ्चालनमा ल्याइएको उपप्रमुख खुमबहादुर विकले जानकारी दिनुभयो...
अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

अनाधिकृत संरचना भत्काउँदै काठमाडौँ महानगर

ब्यानर समाचार, राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाडौँ महानगरपालिकाले मङ्गलबारदेखि नक्सा पासविपरीत निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका संरचाना हटाउन थालेको छ । नक्सापास नगरी निर्माण भएका र नक्साअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नगरिएका संरचना अवैध रहेको भन्दै भत्काउन थालिएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैध संरचना, काठमाडौँ मलका अवैध संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको अवैध संरचना भत्काइएको छ । दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताउनुभयो । नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचे...
कर तिरेर बसेका संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघले बोलायो बैठक

कर तिरेर बसेका संरचना भत्काएको भन्दै उद्योग वाणिज्य संघले बोलायो बैठक

मुख्य समाचार, स्थानिय तह
काठमाडौँ- काठमाडौं महानगरपालिकाले धमाधम अनधिकृत संरचना भत्काउन थालेपछि काठमाडौँ उद्योग वाणिज्य सङ्घले बैठक बोलाएको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको बताए । उनले घरबेटी र महानगरको द्वन्द्वमा साना व्यवसायीहरूलाई मर्का परेको बताए । व्यवसाय दर्ता पनि गर्ने र कर तिरेर बसेका संरचना भत्काउँदै बिचल्ली पार्न नपाइने उनको भनाई छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष समेत रहेका श्रेष्ठले कानूनीरूपमा पार्किङका लागि भनेर बनाइएका संरचनामा व्यापार गर्न पाउने-नपाउने व्यवस्था स्पष्ट नभएको समेत बताए । उनले साना व्यवसायीको बिचल्ली भएकाले त्यसबारे छलफल गर्नका लागि बैठक बोलाइएको बताए । ...
शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षालाई थप गुणस्तरीय बनाउने अध्यक्ष सानुकाजी थापाको प्रतिबद्धता

शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं-  काठमाडौंको तारर्केश्वर नगरपालिका–१, साङ्ला स्थित श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा सानुकाजी थापा चयन भएका छन्। बिगत २० बर्ष देखि संचार क्षेत्रमा कार्यरत थापाले विद्यार्थीको भविस्य बन्ने ठाउँ विद्यालय भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्न के कस्ता कार्यक्रम ल्याउने र विद्यालयमा विद्यार्थीले के चाहन्छन त्यो पहिचान गरि त्यही अनुसारको शिक्षा प्रदान गर्नमा आफु लागि पर्ने प्रतिबद्धता गरेका छन्। प्रधानाध्यापक डा. टिकाराम भट्टले समय समयमा शिक्षकहरुको क्षमता परीक्षण हुनुपर्ने बताएका छन्। क्षमता परीक्षणबाट शिक्षकहरुले आफुलाई अध्ययनशील राख्ने र पेशागत विकासमा ध्यान दिने उनको विश्वास छ। वास्तवमा शिक्षकले शिक्षक सेवा आयोग उत्तीर्ण भएर केहि वर्ष शिक्षण गरे पश्चात जागिरको पनि सुनिश्चिततता भईसकेको हुने हुँदा शिक्षकको पढ्ने बानीमा अलि निष्क्रियता पनि ...
तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग

ब्यानर समाचार, समाज, स्थानिय तह
काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गर्नुभएको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताउनुभयो । काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उहाँले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गर्नुभएको छ ।...
काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी

मुख्य समाचार, राजनिती, स्थानिय तह
काठमाडौं- काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् । दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् । धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३३६ मत खसेको थियो । रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।...
नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सजन तामाङ  उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भइन्  । सुमनले ४ हजार ९ सय ९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । यस्तै उपाध्यक्षमा मिठुमाया तामाङले ४ हजार १७४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका प्रमिसा तामाङ  ३ हजार ८३० मत पाइन् । ८ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष माओवादीले, ३ वडाध्यक्ष कांग्रेस र २ वडाध्यक्ष नेकपा एमाले ले जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ककनी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो । ...
ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ककनी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रका प्यानल नै विजयी

ब्यानर समाचार, राजनिती, स्थानिय तह
नुवाकोट ककनी गाउँपालिका वडा नं ३ मा १०८४ मत प्राप्त गरेर माओवादी केन्द्रका घननाथ बजगाईं वडा अध्यक्षमा निर्वाचन भएका छन्। वडामा माओवादी केन्द्रका सम्पूर्ण प्यानल नै विजयी भएका छन्। हाल सम्म ककनी गाउँपालिका भित्र वडा नं १ र ३ मा माओवादी केन्द्रले जीत हासिल गरेको छ भने वडा नं २ मा नेपाली कांग्रेसले खाता खोलेको छ। हाल ककनी गाउँपालिमा वडा नं ४ को मतगणना कार्य जारी छ। गाउँपालिका प्रमुख  र उप- प्रमुखमा पनि माओवादी केन्द्रको अग्रता कायमै छ।...
ककनी गाउँपालिका १ मा माओवादी केन्द्रका पदम बलामी निर्वाचित

ककनी गाउँपालिका १ मा माओवादी केन्द्रका पदम बलामी निर्वाचित

मुख्य समाचार, राजनिती, स्थानिय तह
नुवाकोट ककनी गाउँपालिका १ बाट माओवादी केन्द्रले विजय सुरुवात गरेको छ। माओवादी केन्द्र बाट पदम बलामी वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नं १ मा माओवादी केन्द्रका सम्पुर्ण टिम नै विजयी भएका छन्।हाल ककनी गाउपालिका वडा नं २ को मतगणना कार्य जारी छ । वडा नं २ मा नेपाली कांग्रेसको अग्रता कायमै छ।  
चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, वैशाख ३ आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् । युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । ...