Tuesday, March 19
Shadow

काठमाडौं-१६ मा कांग्रेसका उम्मेदवार रिजाल विजयी


  • -इ
  • इ+


काठमाडौं- काठमाडौं महानगरको वडा नम्बर १६ मा कांग्रेस उम्मेदवार मुकुन्द रिजाल निर्वाचित भएका छन् ।

दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका रिजालले ४ हजार ५ मत ल्याएका छन् । पराजित एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधारले ३ हजार २३९ मत ल्याएका छन् ।

धेरै मतदाता रहेका वडा मध्येमा यो वडा पनि पर्दछ । वडा १६ मा कुल १२ हजार ३३६ मत खसेको थियो । रिजालको जीतसँगै काठमाडौंमा कांग्रेसले १८ वटा वडा जितेको छ । अघिल्लो निर्वाचनमा कांग्रेसले १४ वडामा जितेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares