Saturday, April 27
Shadow

स्थानिय तह

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

चन्द्रागिरिको मेयरमा राप्रपाबाट अजय श्रेष्ठ चयन

राजनिती, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, वैशाख ३ आगामी वैशाख ३० गते हुने स्थानिय निर्वाचनमा चन्द्रागिरि नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अजय श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आज भएको पार्टी बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन समय नजिकिए सगै पार्टीगत रुपमा आ आफ्नो उम्मेदवार घोषणा गर्ने थालेका छन् । वडा नं ९ का श्रेष्ठ हाल काठमाण्डौँ क्षेत्र नं १० को प्रदेश (ख) का अध्यक्ष हुन् । पार्टीको हरेक गतिविधिमा सक्रिय रहदै आएका छन् । पार्टीगत संगै सामाजिक र व्यवसायिक क्षेत्रमा पनि उनी सक्रिय रहदै आएका छन् । युवा जोस जागर र समुन्नत चन्द्रागिरिको योजना बोकेका श्रेष्ठ युवा माझ लोकप्रिय रहेका छन् । पार्टीमा निरन्तर सक्रिय रहदैँ सामाजिक गतिविधिहरुमा पनि उत्तिकै सक्रिय रहदै आएका छन् । ...
सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

सिसडोल बासिन्दाको सरकारलाई ठुलो धक्का, बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निमार्ण अबरोध

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं । आज देखि बञ्चरेडाँडा ल्यण्डफिलसाइटको निर्माण कार्यमा सिसडोल बासिन्दाले अबरोध गरेका छन् । आम सिसडोल बासीको स्वास्थ्यलाई खेलवाड गर्दै सरकारी पक्षले गरेका प्रतिवद्धता कान्वायन नगरी बञ्चरेडाँडामा सिसडोलको जस्तै अवस्थामा नै विसर्जन गर्न खोजेको स्थानीय भनाइ छ। धुनेबेशी नगरपालिका वडा नं १,२,३ र ककनी गाउपालिका वडा नं १,२,३ का स्थानीयहरुले आजबाट ल्यण्डफिलसाइटको निर्माण कार्यमा अबरुद्ध गरेका हुन्। स्थानीयहरुले आज बिहान ७ बजे देखी निर्माणकार्य रोकेका छन् । आक्रोशित स्थानीयहरुले यो पहिलो चरणको विरोध भएको र माग सम्बोधन नभए अर्को चरणको विरोधमा जान आफूहरु बाध्य हुने चेतावनी दिएका छन् । ‘कि फोहोर रहित, कि मानव रहित बनाउँनुपर्ने र साथै स्थानियहरु को जीवन बीमा, शिक्षा स्वास्थ्य, पक्कि बाटो हुनु पर्ने’ संघर्ष समितिका अध्यक्ष सिराम ढुंगानाले बताए । सिसडोल जनता पनि छन् भने कुरा नदेखेको जस्तो...
एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

एमसीसी विरुद्ध प्रदर्शन जारी , धादिङमा बाईसीएलको प्रदर्शन

ब्यानर समाचार 2, राजनिती, स्थानिय तह
धादिङ माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) ले अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । आजै संसदमा एमसीसी टेबुल हुने भन्ने अनुमानका साथ विरोध प्रदर्शनलाई बृहत बनाउने योजना बनाएको बाईसीएलले आज संसदमा पेस नभए पछि प्रर्दशनलाई फरक ढंगले गरिएको संयोजक रोमी घलेले बताए । हामी सँग कुरा गर्दै अध्यक्ष घलेले भने जनतामा माओवादीले पनि भित्रभित्रै एमसीसी पास गराउने रणनीतिमा रहेको भ्रम फिजाईएको छ । कदापी हाम्रो पार्टीले संशोधन नगरि एमसीसी पास हुन नदिने बताए । राष्ट्र र राष्ट्रियताको सवालमा वाईसीएल सडक मोर्चामा अग्रपंतीमा रहँदै आएको र संशोधन नगरी एमसीसी पास हुन नदिने समेत उनले बताए । आजको प्रदर्शन साङ्केतिक रहेको समेत उनले बताए । ...
बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

बाल बालिकामा सकारात्मक अनुसासन कायम गर्न कृष्णनगरमा निर्देशिका निर्माण

समाचार, समाज, स्थानिय तह
काठमाडौं फागुन ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा वडाध्यक्ष संजय कुमार गुप्ता, छेदी प्रसाद यादव, घनश्याम बनियां लगायत रहेका थिए । कार्यक्रममा युनिसेफ नेपालका प्रकाश कैनिले कार्यक्रमको उद्देश्य तथा बाल अधिकार लगायत विद्यालय तथा घर परिवार भित्र बाल बालिका हरूमा कसरी अनुसासन कायम गर्न सकिन्छ भन्ने कुराको जानकारी गराए । कार्यक्रममा प्रशिक्षकका रुपमा रहेका अधिवक्ता राजु कुमार श्रीवास्तवले बाल अधिकार, अनुसासन, हिंसाको परिचय, कानुनी ...
आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

आधारभूत डलकुसन बुनाई सिप विकास तालिम बहादुरगंजमा सम्पन्न

आर्थिक, समाचार, समाज, स्थानिय तह
कृष्णनगर, कपिलवस्तु माघ १४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ९ बहादुरगंजमा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिम कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ । उक्त समापन कार्यक्रम वडा अध्यक्ष राम मिलन चौधरीको अध्यक्षता अतिथिमा विवेक पौडेल, चतुर्भुज कहार, विकास थारु रहनुभयो । सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत १५ दिने आधारभूत डलकुसन बुनाई सिप विकास तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियो । १७ जना सहभागी रहेको उक्त तालिममा लक्ष्मी देवी कुवर प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो । कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो । कार्यक्रम संचालन...
कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई बीस हजार राहत

कोरोनाबाट ज्यान गुमाउनेको परिवारलाई बीस हजार राहत

आर्थिक, समाचार, स्थानिय तह
पौष१८, काठमाडौं बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाएकाको परिवारले रु २० हजारका दरले राहत प्राप्त गरेका छन्। आर्थिक वर्ष २०७८र८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । ‘कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो,’ काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने । गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोज...
उद्योग विकास शाखाको आयोजनामा ५ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

उद्योग विकास शाखाको आयोजनामा ५ दिने व्यवसायिक बाख्रापालन तालिम सम्पन्न

आर्थिक, समाचार, समाज, स्थानिय तह
पौष १६,काठमाडौं नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ मैरीटारमा ५ दिने व्यवसायिक बाख्रापालन सम्बन्धी तालिम सम्पन्न भएको छ । विदुर नगरपालिकाको उद्योग विकास शाखाको आयोजना तथा गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम मैरीटारको आयोजनामा भएको तालिममा १५ जना कृषकहरुको सहभागीता रहेको थियो ।तालिममा सहभागीहरुलाई खोर व्यवस्थापन कसरी गर्ने, बाख्रा कति प्रजातिका हुन्छन्, विभिन्न रोगहरुबाट बाख्रालाई कसरी बचाउन सक्किन्छ, खसीको हेरचाह गर्ने तरिका, बिरामी बाख्राको हेरचाह कसरी गर्ने बाख्रालाई आवश्यक पर्ने आहारा के के हुन, खसी बनाउने तरिका, लगायतका विषयमा सिकाईएको संस्थामा प्रतिनिधि प्रदिपकुमार भट्टले जानकारी दिए । तालिममा सहभागिहरुलाई नगरपालिकाका पशु तथा भेटेनरी शाखाका प्रमुख डा। सनम मर्हजन, प्राविधिक रामेश्वर प्याकुरेल, बिष्णुप्रसाद रिजालले प्रशिक्षण दिएका थि...
चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

चिसो बढे संगै एक हप्ताका लागि विद्यालय बन्द

जिवनसैली, टिप्स, मुख्य समाचार, मौसम, शिक्षा, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष १५ बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो । जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो ।...
बेल्कोटगढी १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने

बेल्कोटगढी १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने

आर्थिक, समाचार, स्थानिय तह
काठमाण्डौं, मंसिर २१ दिपक न्यौपाने बेल्कोटगढी नगरपालिका १० र १२ लाई जोड्ने बेल्कोट खोलामा २ करोड २७ लाख लागतमा पुल निर्माण हुने भएको छ। बागमती प्रदेशका पूर्व भौतिक पुर्वाधार विकास मन्त्री केसव राज पाण्डे र नगरपालिकाका मेयर राजेन्द्र रमण खनालको सिफारिसमा पुल निर्माण हुने भएको हो। नगरपालिकाको कालिघुम्ति भृकुटी सडकखण्ड अन्तर्गत बेलकोट खोलामा पक्कि पुलको शिलान्यास कार्यक्रम मंसिर २० गते समापन भएको छ । कार्यक्रमा सम्बोधन गर्दै बेल्कोटगढीका प्रमुख राजेन्द्र रमन खनालले बेल्कोटगढीको बिकासमा प्रदेश सरकार र नगर सरकार अझै अग्रसर भएर लाग्ने जानकारी दिनुभयो । साथै बेल्कोटगढीका विभिन्न तहमा बिकासका कामहरू द्रुत गतिमा भइरहेको र नयाँ बिकास निर्माणका गतिविधिलाई पहल गर्ने बताउनुभयो ।  पूर्व मन्त्री पाण्डेले सम्बोधन गर्दै आगामी दिनमा थप पुर्बधारको काम गर्दै समृद्धि बेल्कोटगढी बनाउन पहल गर्ने बत...
बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

बागमती प्रदेश अधिवेशनमा बानियाँ, केसी र प्रधान को प्रतिस्पर्धा

राजनिती, समाचार, स्थानिय तह
काठमाण्डौ , मंसिर १६ नेपाली कांग्रेसको प्रदेश अधिवेशन आजबाट सुरु भएको छ । बागमती प्रदेश अधिवेशनमा सभापतिको लागि ईन्द्रबहादुर बानियाँ, जगदीश्वरनरसिंह केसी र भीमसेनदास प्रधान मैदानमा उत्रिएका छन् । बानियाँ सभापति शेरबहादुर देउवा पक्षधर ,केसी पौडेल समूहका र प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् । सभापतिका उम्मेद्धवार बानियाँ र प्रधानले हिजो अपरान्ह र साँझ रिपोर्टर्स क्ल्ब नेपालमार्फत उम्मेदवारी घोषणा गरेका थिए । उता, पौडेल पक्षले पनि प्रकाशमान सिंहको निवासमा बसेको बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । केसी लाई वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गगन थापा र अर्जुननरसिंह केसीको समर्थन छ। केसी नुवाकोट कांग्रेसका पूर्वसभापति हुन्। नेपाली काग्रेंस नुवाकोटका निवर्तमान सभापति संविधान सभा सदस्य केसी रामचन्द्र पौडेल समुह वाट नेपालि काग्रेंस बागमति प्रदेशको सभापतिको सर्वसम्...