Monday, March 18
Shadow

नुवाकोटको ककनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष माओवादी केन्द्रका विजयी


  • -इ
  • इ+

नुवाकोटको ककनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सजन तामाङ  उपाध्यक्षमा मिठुमाया तामाङ विजयी भइन्  ।

सुमनले ४ हजार ९ सय ९ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज घिमिरेले ४ हजार ९८ मत ल्याए । यस्तै उपाध्यक्षमा मिठुमाया तामाङले ४ हजार १७४ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका प्रमिसा तामाङ  ३ हजार ८३० मत पाइन् ।

८ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित ३ वडाध्यक्ष माओवादीले, ३ वडाध्यक्ष कांग्रेस र २ वडाध्यक्ष नेकपा एमाले ले जितेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा ककनी गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares