Saturday, April 27
Shadow

तारकेश्वरमा विद्युत् लाइन भूमिगत गर्न माग


  • -इ
  • इ+

काठमाडौँ- काठमाडौँको तारकेश्वर नगरपालिकामा विद्युत् लाइन भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणसँग माग गरिएको छ ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बिहीबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर तारकेश्वरलाई सुन्दर, व्यवस्थित र सफा नगर बनाउनका लागि विद्युत् तथा टेलिफोनको लाइनलाई व्यवस्थित गर्न आग्रह गर्नुभएको हो । बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण बिजुली र टेलिफोनका तार भूमिगत गर्न आवश्यक रहेको प्रमुख महर्जनले बताउनुभयो ।

काठमाडौँको उत्तर–पश्चिममा रहेको तारकेश्वर नगरपालिकाको पहिलो चरणमा मुख्य सडक, दोस्रो चरणमा सहायक सडकमा सिसी क्यामेरा जडान, सडकबत्ती जडान, बाटो किनारमा वृक्षरोपण गर्नेलगायत योजना रहेको जानकारी गराउँदै उहाँले आवश्यक समन्वय र सहयोगका लागि प्राधिकरणसँग आग्रह गर्नुभएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares