Friday, April 26
Shadow

स्थानिय तह

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, स्कूल जान पाएकोमा विद्यार्थी भए खुशी

मुख्य समाचार, शिक्षा, समाचार, समाज, स्थानिय तह
काठमाडौं, पुस ९ । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा त्यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ । भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक राख्नका लागि क्वारेन्टिनका रूपमा प्रयोग गरिएका विद्यालयमा निर्मलीकरण गरिएसँगै त्यहाँका नौवटै स्थानीय तहका सबै विद्यालय पुस १ गतेदेखि सञ्चालन गरिएको हो । जिल्लामा कोरोना सङ्क्रमणको डर कायमै रहे पनि विद्यालय निर्वाधरूपमा सञ्चालन भइरहेका छन् । सरकारद्वारा तोकिएका मापदण्ड अपनाउँदै विद्यालय सञ्चालनमा आएको शिक्षकले दाबी गर्दै आएका छन् । बन्द रहेको लामो समयपछि विद्यालय सञ्चालनमा आएसँगै अहिले त्यहाँका गाउँघरका विद्यालयमा विद्यार्थी सङ्ख्या पनि उल्लेख्य मात्रामा रहेको शिखर नगरपालिका–१ कपल्लेकीस्थि...
बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन जना घाइते

मुख्य समाचार, समाचार, स्थानिय तह
काठमाडौं, पुस ९ । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका( ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले दुर्घटनामा अन्य तीनजना घाइते भएका बताए । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । गम्भी घाइते हुनेमा बैतडीको पुर्चौड नगरपालिका(४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको रहेका छन् । दुर्घटनामा घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।...
चितवनको  पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक  घुमौँ सौराहा अभियान सुरु

चितवनको पर्यटन प्रर्वद्धनका लागि पहिलो पटक घुमौँ सौराहा अभियान सुरु

आर्थिक, मनोरञ्जन, समाचार, स्थानिय तह
राजेन्द्र आचार्य / चितवन चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो पटक पर्यटन प्रर्वद्धनका लागि घुमौँ सौराहा अभियान सुरु गरिने भएको छ । नाकावन्दी, भुकम्प, मुग्लिन नारायणगढ सडक स्तरोन्नतिका कारण मारमा परेको सौराहा कोरोना भाईरससगैँ ठप्प बनेको थियो । जसका लागि होटल व्यवसायीहरुको साझा संस्था क्षेत्रिय होटल संघ सौराहाको आयोजनामा घुमौँ सौराहा अभियान सुरु गरिने भएको हो । आन्तरीक पर्यटन मार्फत क्रमिक रुपमा चलायमान बन्दै गएको सौराहामा पर्यटक आर्कषित प्याकेजसहित देशका विभिन्न भागमा पत्रकार सम्मेलनसगैँ व्यवसायीक भेटघाट राख्दै यहि पुस १० गतेबाट अभियान सुरु गरिने क्षेत्रिय होटल संघका अध्यक्ष दिपक भटट्राईले जानकारी दिए । अभियानको क्रममा पुस १० विराटनगर, पुस ११ जनकपुर, पुस १२ विरगंज विविध कार्यक्रम गरिनेछ । कोरोना भाइरसका कारण पर्यटन उद्योग ठप्प छ अध्यक्ष दिपकले भने, स्वदेशभित्र भने घुम्न र पर्यटकहरुला...
पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

पहिलो पटक सञ्चालनमा आयो नुवाकोट अस्पतालमा आईसीयू सेवा

मुख्य समाचार, समाचार, स्थानिय तह, स्वास्थ्य
काठमाडौं, पुस ७ । जिल्ला अस्पताल त्रिशूलीमा आईसीयू सेवा सञ्चालनमा आएको छ । स्थापनाको ५६ वर्षपछि अस्पतालमा दुईवटा भेन्टिलेटरसहित ६ बेडको आईसीयू र चार बेडको एचडीयू सेवा सुरु गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। दीपेन्द्र पाण्डेले जानकारी दिए । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले आईसीयू सेवाको मंगलबार उद्घाटन गरेकी छन्। योसँगै अब अस्पतालमा श्वासप्रश्वास, मुटुको समस्या भएका बिरामी, अत्यधिक ज्वरो, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस, सडक दुर्घटनाका घाइते, जटिल सुत्केरीलगायतलाई रेफर गरेर काठमाडौं जानुपर्ने बाध्यता हटेको छ । अस्पतालमा दैनिक साढे ३ सयभन्दा बढी बिरामी आउने गर्छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहतमा रहेको त्रिशूली अस्पतालमा कोरियन सहयोग संस्था (कोइका) को सहयोगमा ५० शय्याको सुविधासम्पन्न अस्पताल भवन बनेको छ । अस्पतालमा रसुवा, धादिङ र नुवाकोटका बासिन...
सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण

समाचार, समाज, स्थानिय तह
काठमाडौ, पुस ७ सामाजिक अभियान्ता रामेश्वर गजुरेलको पहलामा आर्थिक बिपन्नताले पीडित परिवारलाई आर्थिक रकम खाद्यान्न एवम् लत्ताकपडा बितरण गरिएको छ । नुवाकोटको तार्केश्वर गाउँपालिका वडा न. १ उपल्लोछाप निवासी अत्यन्तै गरिव पीडित निमुखा र दुबै आँखा देख्न नसक्ने बेसाहरा एकल महिला कान्छी माया तामाङको नाबालक दुई छोरी र एक छोरा भएको र ती नाबालक बच्चाहरुलाइ लालनपालन र हेरचाह गर्ने कोहि पनि नभएकोले पीडित परिवारलाई खाद्यान्न लत्ताकपडा र केही नगद सहयोग गर्ने योजना बनाएर सामाजिक संजाल मार्फत रकम संकलन गरिएको अभियान्ता गजुरेलले बताए । स्थानीय बिमला तामाङले सामाजिक संजाल मार्फत सहयोगको अपिल गरे पछी बुधबार पीडित कै घरमा गयर ४० हजार ६ सय १० रुपैयाँ र २१ हजार २ सय ४० रुपैयाँ बराबरको ६ महिना लाई पुग्ने गरि खाद्यान्न ३ बच्चाहरूलाई र आमालाई जाडोमा लगाउने कपडा, ओढ्ने ओछ्याउने लगाएतका सामाग्री वितरण गरिएको...
टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

टिकटक बनाउँदा पुलबाट खसेका दाङका युवकको मृत्यु

दुर्घटना, मुख्य समाचार, स्थानिय तह
काठमाण्डौँ, पुष ६ दाङका एक युवकले स्टन्ट गरेर टिकटक बनाउँदा उनको मृत्यु भएको छ । उनी केही दिनअघि झोलुङ्गे पुलबाट खसेका थिए । दाङ तुलसीपुर १९ का २४ वर्षका रमेश थापाको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा निधन भएको हो । उनको सोमबार विहान साढे ७ बजे मृत्यु भएको हो । शनिबार दिउँसो उनी पुरन्धारा नजिकै बबई नदीको झोलुङ्गे पुलमा स्टन्ट गरेर टिकटक बनाउँदै थिए । त्यसपछि उनी गम्भीर घाइते भएका थिए । उनी झोलुङ्गे पुलको तारमा झुन्डिएर टिकटक बनाउँदा झन्डै २० मिटर तल बगरमा खसेका थिए ।...
लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

समाचार, समाज, स्थानिय तह
कृष्णनगर, मंसिर ४ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरको विद्यालयमा लैंगिक हिंसा विरुद्ध, धार्मिक अगुवा बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शैख अब्दुल रसिद मदनीको अध्यक्षता र UKAID को आर्थिक सहयोग VSO र International Alert को सहकार्य र माहुरी होम द्वारा संचालित सहज परियोजना अन्तर्गत कोभिड-१९ तथा लैंगिक हिंसा बिरूद्ध धर्मगुरु हरू संग छलफल कार्यक्रम भएको छ । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली र रामजी पाठक रहनु भयो। विशिष्ट अतिथिमा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी रहनुभयो। कार्यक्रममा बोल्दै मौलाना मसहूद खां नेपालीले मुस्लिम धर्मको धार्मिक ग्रन्थ कुरान सरीफमा महिला लाई धेरै अधिकार दिएको बताउदै त्यस्को एउटा अध्यायमा (सूरह निसा ) महिला अधिकारको ब्याख्या गरेको जिक्र गर्दै आमाको खुट...
नेपाली कांग्रेस वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि गठन

नेपाली कांग्रेस वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि गठन

मौसम, राजनिती, समाचार, समाज, स्थानिय तह, स्वास्थ्य
काठमाण्डौँ, पुष ३ नेपाली कांग्रेसको भातृ संगठन नेपाल वातावरण तथा सरसफाई श्रमिक संघ तारकेश्वर नगर कमिटि कोपिला देवकोटाको अध्यक्षतामा गठन भएको छ । शुक्रवार नेपालटारमा आयोजित लैंगिक हिंसा तथा उत्पिडन विरुद्धका मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमको विच उक्त कमिटि गठन भएको हो । वातावरण तथा सरसफाई क्षेत्रमा काम गर्ने श्रमिकहरुको हक हितमा काम गर्ने उदेश्यका साथ गठन भएको उक्त कमिटिको उपाध्यक्षमा चम्पा अर्याल अछामी, सचिवमा माधव तिमिल्सीना, कोषाध्यक्षमा संगिता ज्ञवाली, सदस्यहरुमा सविना मालाकार, भुवनेश्वरी खतिवडा, तृष्णु ठकुरी, सीता मगर, रुपा शर्मा, रोशनी ढकाल, शोभा राना, मीरा वस्नेत, शशी देवि भट्ट चयन भएका छन् । कार्यक्रममा नेपाली कांग्रेस तारकेश्वर नगर सभापति राम थापा, तारकेश्वरका वडा अध्यक्ष मनोहरी तिवारी, संघका केन्द्रिय महा सचिव चन्द्र घिमिरे, कार्यक्रको प्रशिक्षक तथा नेपाल पत्रकार म...
एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

एकैसाथ १२ सीडीओको सरुवा, को कहाँ पुगे ?

ब्यानर समाचार, समाचार, समाज, स्थानिय तह
काठमाण्डौँ, पुष ३ गृह मन्त्रालयले एकैसाथ १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । गृह मन्त्री रामबहादुर थापाले शुक्रबार ललितपुरका प्रजिअ सहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । मन्त्रालयले ललितपुरको प्रजिअको रुपमा मन्त्रालयका सहसचिव ढुण्डीप्रसाद निरौलालाई जिम्मेवारी दिएको छ । सरुवाहुने अन्य प्रमुख जिल्ला अधिकारीहरु यस प्रकार रहेका छन् । ...
तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने

शिक्षा, समाचार, समाज, सुचना प्रविधि, स्थानिय तह, स्वास्थ्य
जसिन्द्र श्रीपाली काठमाण्डौ, भौगोलिक रुपमा विगत रहेको बाग्लुङ तमानखोलाका ६ वटै वडा कार्यालय , स्वास्थ्य संस्था,र सामुदायीक बिद्यालयमा अब अनलाईन मार्फत काम हुने भएका छन । नेपाल सरकारले घटना दर्ता अनिवार्य अनलाईन दर्ता गर्नुपर्ने नियम पारित गरे संगै आफुहरुले उक्त नियम अनुरुप पहिलो खण्डमा प्रत्येक वडामा आबश्यक पर्ने मेसेनरि सामान वितरण गरिसकिएको र दोस्रो खण्डमा इन्टरनेट सुविधा पु¥गाउन तार तान्ने काम सम्पन्न गरेको प्रभात लामिछानेले जानकारि दिनुभयो । भौगालिक रुपमा तमानखोलाका प्रत्येक वडा केन्द्र देखि निक्कै टाढा पर्ने र भिन्नाभिन्नै ठाउमाँ तार तान्नुपर्ने भएकोले सोचेभन्दा केहि ढिला हुन पुगेको अधिकृत लामिछानेले जानकारि दिनुभयो । हाल सबै वडामा इन्टरनेट सुविधा पु¥याई सकिएको र अब तत्काल कामहरु अनलाईन मार्फत दर्ताहुने उहालँले बताउनु भयो । अधिकृत लम्सालका अनुसार कार्यालय सचिव हरुलाई अन्लाइन दर्...