Thursday, April 25
Shadow

सामाजिक अभियान्ता गजुरेलको पहलमा पीडित परिवारलाई आर्थिक रकम,खाद्यान्न एवम् लत्ताकपडा बितरण


  • -इ
  • इ+


काठमाडौ, पुस ७
सामाजिक अभियान्ता रामेश्वर गजुरेलको पहलामा आर्थिक बिपन्नताले पीडित परिवारलाई आर्थिक रकम खाद्यान्न एवम् लत्ताकपडा बितरण गरिएको छ ।

नुवाकोटको तार्केश्वर गाउँपालिका वडा न. १ उपल्लोछाप निवासी अत्यन्तै गरिव पीडित निमुखा र दुबै आँखा देख्न नसक्ने बेसाहरा एकल महिला कान्छी माया तामाङको नाबालक दुई छोरी र एक छोरा भएको र ती नाबालक बच्चाहरुलाइ लालनपालन र हेरचाह गर्ने कोहि पनि नभएकोले पीडित परिवारलाई खाद्यान्न लत्ताकपडा र केही नगद सहयोग गर्ने योजना बनाएर सामाजिक संजाल मार्फत रकम संकलन गरिएको अभियान्ता गजुरेलले बताए ।

स्थानीय बिमला तामाङले सामाजिक संजाल मार्फत सहयोगको अपिल गरे पछी बुधबार पीडित कै घरमा गयर ४० हजार ६ सय १० रुपैयाँ र २१ हजार २ सय ४० रुपैयाँ बराबरको ६ महिना लाई पुग्ने गरि खाद्यान्न ३ बच्चाहरूलाई र आमालाई जाडोमा लगाउने कपडा, ओढ्ने ओछ्याउने लगाएतका सामाग्री वितरण गरिएको गजुरेलले बताए ।

तिलगंगा आखा केन्द्र अन्तरगत नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख शङ्कर अधिकार सङग सहकार्य गरेर आँखा चेकजाच पनि गरिएको छ । आँखा चेकजाँच गराउदा पीडित कान्छी माया तामाङको जन्मजात नै आँखाको नानी सानो भएर आँखा नदेख्ने समस्या बढ्दै गएको हो र बच्चाको भने एलर्जी इन्फेक्सनको कारणले गर्दा अँखा थोरै समस्या रहेकोे डा. शङकर अधिकारले बताए ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares