Saturday, May 11
Shadow

बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु , तीन जना घाइते


  • -इ
  • इ+

काठमाडौं, पुस ९ । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार बिहान ५ बजेतिर जयपृथ्वीराज मार्गअन्तर्गत सुर्नया गाउँपालिकाको आलुगैरामा धनगढीबाट बझाङतर्फ गइरहेको से१ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका( ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले दुर्घटनामा अन्य तीनजना घाइते भएका बताए ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । गम्भी घाइते हुनेमा बैतडीको पुर्चौड नगरपालिका(४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको रहेका छन् ।

दुर्घटनामा घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares