Friday, March 29
Shadow

तमानखोला गा.पा का ६ वटै वडामा अब अनलाईन मार्फत काम गरिने


  • -इ
  • इ+

जसिन्द्र श्रीपाली काठमाण्डौ,

भौगोलिक रुपमा विगत रहेको बाग्लुङ तमानखोलाका ६ वटै वडा कार्यालय , स्वास्थ्य संस्था,र सामुदायीक बिद्यालयमा अब अनलाईन मार्फत काम हुने भएका छन । नेपाल सरकारले घटना दर्ता अनिवार्य अनलाईन दर्ता गर्नुपर्ने नियम पारित गरे संगै आफुहरुले उक्त नियम अनुरुप पहिलो खण्डमा प्रत्येक वडामा आबश्यक पर्ने मेसेनरि सामान वितरण गरिसकिएको र दोस्रो खण्डमा इन्टरनेट सुविधा पु¥गाउन तार तान्ने काम सम्पन्न गरेको प्रभात लामिछानेले जानकारि दिनुभयो ।

भौगालिक रुपमा तमानखोलाका प्रत्येक वडा केन्द्र देखि निक्कै टाढा पर्ने र भिन्नाभिन्नै ठाउमाँ तार तान्नुपर्ने भएकोले सोचेभन्दा केहि ढिला हुन पुगेको अधिकृत लामिछानेले जानकारि दिनुभयो । हाल सबै वडामा इन्टरनेट सुविधा पु¥याई सकिएको र अब तत्काल कामहरु अनलाईन मार्फत दर्ताहुने उहालँले बताउनु भयो । अधिकृत लम्सालका अनुसार कार्यालय सचिव हरुलाई अन्लाइन दर्ता सम्बन्धि २ दिने तालिम समेत दियी सकिएको हुनाले अब सेवाग्राहीलाई समेत राहत पुग्ने छ । विशेषगरि वडाले दिदै आएको सेवा अन्र्तगत जन्म मृत्यृ दर्ता, बसाँइसराई कागाजात शिफारिस , नाता प्रमाणित , दुई नाम थर प्रमाणित लगायतका काम अब अन्लाईन मार्फत लिन सकिने छ ।

नेपाल सरकार सूचना प्रविधि मन्त्रालयको कार्यक्रम अन्तर्गत यी सेवा विस्तार भएको र हाल लाई वडा कार्यालयमा मात्र यो सुविधा वितरण भएतापनी बिस्तारै बिद्यालय, स्वास्थ्थ संस्थामा समेत यी सेवा बिस्तार गर्ने गा.पा. अध्यक्ष जोकलाल बुढाले जानकारि दिनुभयो , गाउपालीकाको योेजना नै प्रत्येक बिद्यालय प्रविधि मैत्री बनाउने भएकोले अब प्रत्येक बिद्यालयमा इन्टरनेटको पहुच पु¥याउने अध्यक्ष बुढाको भनाई छ । गा.पा ले पहिलो प्राथमिकतामा स्वास्थ्थ र शिक्षालाई राखेको कारण सबै वडाले सकरात्मक र रचनात्मक भएर काम गर्न समेत अध्यक्ष बुढाले आग्रह गर्नुभएको छ ।

अनलाई मार्फत सेवा दिने भएपछि सेवागा्रहीलाई राहत पुग्ने मात्र नभएर आफुहरु समेत रचनात्मक हुन पाउने ४ नम्बर वडा अध्यक्ष उदिम बहादुर छन्त्याल ले बताउनुभयो । इन्टरनेट सेवा विस्तार भएसंगै देश विदेशमा हुने गरेको घटनाक्रम संग जानकार हुन पाएको उहाँले जाकारि दिनुभएको छ ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares