Thursday, July 2
Shadow

समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

ब्यानर समाचार, समाचार, समाज
काठमाडौँ , चैत ६ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो चौथो पटक बस्ने बैठक हो ।बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । संघीय संसद् सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन तथा लोकसेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । यस्तै २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ सालको पुनस्र्थापित प्रतिनिधि सभा सदस्य तथा २०७० सालको संविधानसभा सदस्य तथा नेपाली कांग्रेसका नेता अशोक कोइरालाको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको हो ।...
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो

मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
बर्दिया, चैत ६ । बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा लिएको हो । मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गको गौरी सामुदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिएका छन् । यसअघि गएको बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो । एक साताअघि मधुवन नगरपालिका–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठ वटा क्यामेरा जडान गरेको थियो । बिहीबार नियन्...
तपाईको आजको दिन कस्तो रहनेछ ?

तपाईको आजको दिन कस्तो रहनेछ ?

मुख्य समाचार, समाचार, समाज
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास बढ्नेछ । सामाजिक दायित्व बढ्नेछ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । आफन्तसंग भेट हुनेछ । आर्थिक पक्ष मजबुद बन्नेछ । स्वास्थ्य सुधारोन्मुख हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मानसिक चिन्ता बढ्नेछ । शरीर भारी र आलस्य होला । श्रमको उचित मुल्याङ्कन भएपनि सानातिना झैझमेलामा फस्नु पर्ला । प्रेम सम्बन्ध मध्यम रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैचारिक मतभेद सिर्जना हुनसक्छ । साना–तिना समस्याले सताउँछ । पारिवारीक खटपट बढ्न सक्नेछ । बोलीविपरितको अर्थ लाग्न सक्छ । खर्च बढ्ने योग छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । तर महत्वपूर्ण योजना गोप्य नराखे नजिकका व्यक्तिबाट ...
चार लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ

चार लाख रुपैयाँ घुससहित वडा सचिव पक्राउ

अपराध, मुख्य समाचार, समाचार, समाज
काठमाडौं, चैत ५ ।काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडा सचिव भरतकुमार पोखरेल चार लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेललाई पक्राउ गरेको हो । अधिकृत छैटौँ तहका पोखरेलले निर्माण सम्पन्नपछि बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग घुस मागेको उजुरीपछि आयोगले बिहीबार रंगेहात पक्राउ गरेको हो। पोखरेललाई घुससहित उनकै कार्यकक्षबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले उनलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जनाएको छ।...
छोरी बलात्कार गर्ने जेल चलान

छोरी बलात्कार गर्ने जेल चलान

अपराध, मुख्य समाचार, समाचार, समाज
डोटी , चैत ५ । छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका जोरायल गाउँपालिका–५ का डम्बर विकलाई जिल्ला अदातलले २५ वर्षको सजाय सुनाएको छ । जिल्ला अदालतका न्यायाधिश विदुर काफ्लेको एकल इजलासले निज विकले बलात्कार गरेको ठहर्याएर सजाय सुनाएको हो । गत आसोजमा आफ्नै छोरी बलात्कार गरेको भन्ने विककी श्रीमतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । घरमा आमा नभएको समयमा उनले पटक–पटक छोरीलाई बलात्कार गर्ने गरेको प्रमाणित भएपछि अदालतले निजलाई २५ वर्षे कैद सजाय सुनाएको बताइएको छ ।...
यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

यातायात व्यवसायीहरुद्वारा भाडा बढाउन माग, बुझाए ध्यानाकर्षण पत्र

मुख्य समाचार, समाचार, समाज
काठमाडौं , चैत ५। सार्वजनिक यातायात व्यवसायीहरुले सवारी भाडा समायोजन गर्न सरकारसँग माग गरेका छन् । २०६९ सालदेखि एक पटक पनि भाडा समायोजन नभएको तर पेट्रोलियम पदार्थको मूल्य भने पटक–पटक बढेर अधिकतम एक सय १८ रुपैयाँ प्रतिलिटर पुगिसकेको भन्दै व्यवसायीहरुले अबिलम्ब भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । बिहिबार यातायात व्यवसायीहरुको छाता संगठन यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई भेटी भाडा समायोजन गरिदिन ध्यानाकर्षण पत्र बुझाएका छन् । २०६५ साल चैत २० गतेको सरकारी निर्णय अनुसार नै तय गरिएको वैज्ञानिक भाडा प्रक्रियाअनुसार पेट्रोलियम पदार्थको ३५ प्रतिशत र सार्वजनिक सवारी साधनसँग सम्बन्धित बीमा, कर, बैंकिङ ब्याज, पार्टपुर्जा, टायर लुव्रिकेन्टस लगायतका अन्य कम्पोनेन्टहरुको आधारमा ६५ प्रतिशतलाई आधार मानी प्रत्येक आर्थिक वर्षको भाद्र म...
शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्बजनिक

शुक्रबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्बजनिक

ब्यानर समाचार, समाचार
काठमाडौं , चैत ५ । प्रतिनिधि सभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्बजनिक भएको छ ।संसद सचिवालयले शुक्रबारको बैठकको सम्भावित कार्यसूची सार्बजनिक गरेको हो । शुक्रबारको बैठकमा सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोग, मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रिय सभा एवं संबिधान सभा सदस्य अशोक कोइरालाको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ । ...
७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

७८ वर्षीया वृद्धा बलात्कार गर्नेलाई साढे ३ वर्ष कैद

अपराध, मुख्य समाचार, समाचार, समाज, स्थानिय तह
काठमाडौं, चैत ५ । अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए । पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्दा दर्...
भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

भारतका प्रसिद्ध कवि प्रोफेसर शहपर रसूल मदरसा संघद्वारा सम्मानित

समाचार, समाज
कृष्णनगर,कपिलवस्तु, चैत्र ५  । भारतका प्रसिद्ध कवि जामिया इस्लामियाका प्रोफेसर र जामिया इस्लामिया विश्वविद्यालय दिल्ली उर्दु शाखाका पूर्व अध्यक्ष तथा प्रसिद्ध शिक्षा विज्ञ र उर्दु साहित्यमा धेरै पुस्तकहरु लेखेर भारतमा पटक पटक पुरस्कृत भएका प्रोफेसर शहपर रसूल खां लाई कृष्णानगरमा रहेका राष्ट्रीय मदरसा संघ नेपालको पुस्तकालयमा संघका पदाधिकारी हरुले दोसल्ला ओढाई सम्मानित गरेका छन। राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफीले नेपालमा बोलिने उर्दु भाषाको स्थितीको बारेमा प्रोफेसर शहपर रसूल लगायत उपस्थित अन्य लाई जानकारी दिदै हामी उर्दु भाषाको संरक्षण सम्बर्धनमा लाग्नु पर्ने कुरामा जोड़ दिए‌। लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले हाल नेपालमा हुन गइ रहेको जनगणनाको कार्यक्रम लाई ध्यानमा राख्दै उर्दु भाषि सक्रिय भएर लाग्न अनुरोध गरे। मदरसाहरुलाई...
कोरिया रोजगारी सुरु गर्न सकस :  अझै एक महिना लाग्ने

कोरिया रोजगारी सुरु गर्न सकस : अझै एक महिना लाग्ने

ब्यानर समाचार, समाचार, समाज
काठमाडौं, चैत ५ । भाषा परीक्षा उत्तीर्ण गरे पनि १० हजार बढी युवायुवती जान नपाएको कोरिया रोजगारी तत्काल सुरु नहुने भएको छ । कोरोना महामारी सुरु भएलगत्तै नेपाल र पछिल्लो पटक कोरियन सरकारका कारण बन्द कोरिया रोजगारी सुचारु गर्न आवाज उठ्दै आए पनि अझै प्रक्रिया मिलाउन बाँकी रहेकाले तत्काल सुरु नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो । श्रममन्त्री गौरीशंकर चौधरीले कोरिया सरकारको माग अनुसार पूर्वाधारको काम गर्न केही आवश्यक पर्ने भएकाले कम्तीमा एक महिनायता कोरिया रोजगारी सुचारु नहुने बताए । पछिल्लो समयमा कोरियामा कोरोना भाइरसको त्रास बढेको भन्दै कोरिया सरकारले सबै आप्रवासी कामदारलाई रोक लगाएको छ । ‘भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कतिपयको रोजगारीमा कोरिया पुगिसक्नुपर्ने अवधि सकिने भएकाले चाँडो रोजगारी सुचारु गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘रोजगारी सुचारु गर्न कोरि...