Friday, April 26
Shadow

छोरी भएर बाँच्दा…


  • -इ
  • इ+

विकास पुडासैनी , आमा छोरी भनेको केहो ? मैले बाल मनबाट सोधेको पहिलो प्रश्न यहि हो । उ जमानामा मैले बिध्यालयबाट क ख रा चिनि सकेपछि मेरो बाल मस्तिष्कमा बनेको आमा पछिको दोस्रो शब्द छोरी ।मेरो यो प्रश्नले आमालाइ पक्कै छोएछ म अहिले पनि सम्झन्छु उहाँको त्यो उत्तर,आफू नहासी नहासी अरुलाइ हसाउन सक्ने जात नै छोरी हो बा ! मैले केहि बुझिन साँच्चै भन्ने हो भने मलाइ हसाउनु भनेको केहो नै थाहा थिएन । आमा यत्ती भनेर आफ्नो काममा लाग्नु भयो मेरो हातमा खाजाको कचौरि थमाएर । कचौराको खाजालाइ मैले भन्दा धेरै मलाइ खायो त्यो उत्तरले ।

उमेरले छ पुगेकी मलाइ अब बिसौँ बर्षको बन्न बाध्य बनायो । पहिले त मलाइ हसाउनु शब्दको अर्थ जान्नु थियो अनि जान्नु थियो धेरै कुरा । अहिले सम्झिँदा पनि अचम्म लाग्छ आमाले दिएको त्यो उत्तर उहाँको दिमागमा कहाँबाट आयो । उमेर बढदै गयो समय परिबर्तन भयो मेरो कक्षा फेरियो तर मैले खोज्न थालेको त्यो उत्तर परिबर्तन हुन सकेन ।

बेला बेलामा आमाले भन्नू हुन्थ्यो ूछ्या यो छोरी जन्मिएन भन्ने पनि मरिजाओसूलाग्थ्यो छोरी भनेको खराब वस्तु हो। मैले देखेको छोरी म आमा अनि दिदि । भाइ बा अनि दाइ चाहिँ राम्रो चिज अनि हामी चाहिँ नराम्रो । मेरो बाल मस्तिष्कको केन्द्रले यहि कुरा भन्दा अरुलाइ कहिलै सोच्न सकेन । समय सँगै मैले पढाइका पढाउहरुलाइ पार गर्दै गएँ। कक्षा आठमा पढ्दा मैले महाभारत पढ्ने निधो गरेँ मैले पढेको छोरी पात्र गंगा हुन भीष्मपितामहको आमा।

उन्ले आफ्ना सबै सन्तानलाई गंगामा बगाइदिन।के केही आमा यति निर्दही हुन सक्छिन।उन्का सबै ती सन्तान छोरा मात्र पक्कै थिएनन्,के एउटि आमाले संतानलाई मार्न सक्छिन । जब जब कहानि बढदै गयो अनि एउटा नयाँ तथ्य मेरो दिमागमा पस्यो त्यो सँगै आमाको उत्तरमा मैले छोरि भनेको आफू नहाँसी नहाँसी अरुलाइ हसाँउने जात मात्र नभइ परिस्थितिमा कठोर मुटु भएको एउटा पात्रको चित्र पनि बनाएँ ।

जब अक्षर शब्द बन्दै अनि वाक्य फेरि पेज बन्दै धेरै पेजको समग्र कथामा रुपान्तरण भयो मैले बुझेको अर्को पात्र माता कुन्ती अगाडि आइन। एउटा कुमारी आमा बन्नु साँच्चै लज्जाको बिषय हो यो मैले भन्दा पनि समाजले भनेको कुरासँगै युगको पनि,त्यहि कुरालाई आत्म साथ गर्दै कुन्तिले आफ्नु सन्तान कर्णलाई गंगामा बगाइदिन। त्यो घटनाले मेरो दिमागमा छोरिको अर्को परिभाषा बन्यो अब छोरी अरुलाइ हसाउने अनि कठोर पात्र मात्र नभइ परिवार र समाजको इज्जत अनि मर्यादा पनि हो ।

घटना परि घटनालाइ हेर्दा दुइ पात्रले मात्र छोरिको परिभाषा पुर्ण थिएन।मेरा आँखाहरु अक्षरमा दौडिदै थिए अनि मनमा कौतुहलता।आँखा बिस्तारी द्रौपदि पात्रमा गएर रोकियो। सुरुमा त मेरो बाल मस्तिष्कले बिस्वास गर्न सकेन अनि बुझ्न पनि। कसरी एउटा नारी पाँच पतिको एउटा पत्नी हुन सक्छे रुके मानिस बिभाजन हुने कुनै वस्तु होररु दिमाग शून्य शून्य भयो केही सोच्न सकेन आँखा निरन्तर दौडिरहे अक्षरहरुमा जब पाँच भाइको एउटि पत्नी भएर बाँच्न पनि द्रौपदी तयार भइन अनि मेरो बेचहेन मनमा छोरिको अर्को परिभाषा तयार भयो ।

ओहो१छोरी त कठोर अनि इज्जतको पात्र मात्र नभई त्यागी पनि हुँदा रहेछन। मैले महाभारतलाई रोकेँ । त्यस्तैमा एकजना दिदिले जीवन काँडाकी फूल नामक पुस्तक पढ्न दिनु भयो जब जब झमककुमारी घिमिरे पात्र मेरो मस्तिष्कमा बस्दै गइन तब छोरिको अर्को परिभाषा बनाउन मन बाध्य भयो छोरि त कठोर,इज्जत,त्यागी मात्र नभई संघर्षको पात्र पनि रहिछिन ।

…….. मैले झल्याँस्स आमाको त्यो उत्तरलाई सम्झिएँ । ञआफू नहाँसी नहाँसी अरुलाइ हसाँउने जातलाइ छोरी भनिन्छझओहो मैले पहिले सुन्दा त्यो उत्तर सामान्य लागेको थियो जब मैले गंगा कुन्ती द्रौपदी अनि झमक लाई अध्यान गरेँ बल्ल बुझेँकी आमाको त्यो उत्तर सामान्य नभई जटिल थियो ।होत आमाले भनेको उत्तर सहि,गंगाले आफू र आफ्नो लोग्नेलाई स्रापबाट मुक्त गर्नको लागि कठोरता देखाइन ।

कुन्तिले आफ्नो परिवार र समाजको इज्जतको लागि आफ्नु प्रतापी सन्तान कर्णको बलिदान दिइन। द्रौपदिले एउटा युगको रचना र भाइ बिच सँधैब फाटो नआओस अनि उनिहरु अरु इस्त्रीको संसर्गले स्वार्थी नबनुन भन्ने हेतुले आफू साझा भइ दिइन । अनि झमकले यो संसारमा संघर्षबाट नै मान्छे सफल हुन्छ भन्ने उदाहरण बनेर देखाइदिन । यी सबै पात्रले आफुलाइ दुखी बनाएर अरुलाइ कतैन कतै खुसी बनाएका छन। हो त्यही उत्तरलाइ अझै पुर्णता दिन म छोरी भएर बाँची रहेछु अनि सधैंब बाँचिरहन्छु ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares