Saturday, April 20
Shadow

कोरोना प्रकोपः विश्वभर मृत्यु हुनेको संख्या २७ लाख नाघ्यो


  • -इ
  • इ+

काठमाडौँ, चैत ६ । विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४६५ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या २७ लाख २ हजार ४५५ पुगेको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ५२ हजार ४७० जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा २ लाख ८७ हजार ७९५ जना, भारतमा १ लाख ५९ हजार ४०५ जना, रूसमा ९३ हजार ८२४ जना, बेलायतमा १ लाख २५ हजार ९२६ जना, फ्रान्समा ९१ हजार ६७९ जना, इटालीमा १लाख ३ हजार ८५५ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ लाख ४५ हजार ४५९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको संख्या १२ करोड २३ लाख ५७ हजार ४७४ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या २ करोड १० लाख ४ हजार ४६५ छ । यसमध्ये ८९ हजार १४० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares