Tuesday, April 23
Shadow

चितवनमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार युवतीको मृत्यु


  • -इ
  • इ+

चितवन , चैत ६ । चितवनमा कुखुराको दाना बोक्ने ट्रकले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।

आज दिउँसो भरतपुर महानगरपालिका–१२ केन्द्रीय बस टर्मिनल नजिकै नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३००१क ०१९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको ना४८प ८७३१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्करबाट नवलपुर गैँडाकोट नगरपालिका–१ बस्ने २१ वर्षीया रिता शर्मा चालिसे गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares