कोरोना संक्रमण बढेपछि भारतको मध्य प्रदेशका तीन सहरमा फेरि लकडाउन
काठमाडौं, चैत ७ । कोरोना संक्रमण बढेपछि भारतस्थित मध्य प्रदेशका तीन सहरमा लकडाउन लागू गरिएको छ। शुक्रबार मुख्यमन्त्री शिवराज सिंह चौहानले स्वास्थ्य अधिकारीहरुसँग छलफल गरेर लकडाउन गर्ने निर्णय गरेका हुन्।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारदेखि भोपाल, इन्दौर र जबलपुरमा लागू हुनेछ। यी तीन सहरको विद्यालय, कलेज पनि मार्च ३१ सम्म बन्द रहनेछ।‘राज्यमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।
लकडाउन राति साढे १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ। यस समय अतिआवश्यक क्षेत्र भने सञ्चालन गर्न दिइनेछ।
यता मुख्यमन्त्री चौहानले कृषकहरूलाई बालीनाली क्षतिको भर्पाइ दिने पनि बताएका छन्।...









