भारतमा कोरोना सङ्क्रमणको जोखिम पुनः बढेपछि सुदूरपश्चिमका सीमामा उच्च सतर्कता
काठमाडौं, चैत ९ । छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताए । “भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्...







