Thursday, April 25
Shadow

अग्नि खरेलको राजीनामा , नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस


  • -इ
  • इ+

काठमाडौं, चैत ६ । नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरिएको छ ।प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको मुख्य कानुनी सल्लाहकार महान्यायाधिवक्ताका अधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नेछिन ।बडाल नेपाल बार एशोसियशनको उपाध्यक्षमा निर्वाचनसमेत लडेका थिए ।

पछिल्लो नेकपा विवादमा कानून व्यवसायीहरू धेरैजसो दाहाल नेपाल पक्षमा उभिँदा बडालले ओलीलाई साथ दिएका थिए ।बडाल नेकपा एमालेको जनवर्गीय संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सचिव समेत छन् ।

अग्नि खरेलले आज महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

 

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares