Friday, April 19
Shadow

एक जोर जुत्ताको मूल्य ५ करोड !


  • -इ
  • इ+

काठमाडौं । न्यूयोर्कको एक लिलाममा राखिएका एक जोर ऐतिहासिक जुत्ता चार करोड ८३ लाख ८० हजार रुपैयाँमा बिक्री भएको छ ।

नाइकीको सह-संस्थापकले डिजाइन गरेको खेलकुदमा प्रयोग हुने १०० जोर जुत्तामध्येमा बिक्री हुने अन्तिम जोर जुत्ता हो ।

सन् १९७२ को नाइकी वाफल रेसिङ फ्ल्याट मुन नामको जुत्ताले एक लाख ६० हजार डलर पाउने अपेक्षा गरिएको थियो । तर क्यानेडाली माइल्स नाडालले त्यसलाई चार लाख ३७ हजार पाँच सय डलर तिरे ।

बाँकी ९९ जोर जुत्ता पनि उनले नै आठ लाख ५० हजार डलरमा किनेका थिए । सो जुत्ता दौड प्रशिक्षक रहेका नाइकीका सह(संस्थापक बील बाओरम्यानले डिजाइन गरेका थिए । यो डिजाइनको जुत्ता १२ जोर हातैले सिलाइएको थियो र सन् १९७२ को ओलिम्पिक खेलकुदको छनौटमा केही खेलाडीहरूलाई बाँडिएको थियो ।

लिलाममा राखिएको जोर भने कसैले प्रयोग नगरेको एक मात्र भएको मानिन्छ । लगानी कम्पनीका मालिक नाडालले आफ्नो खरिदबाट धेरै खुसी भएको बताउँदै सो जुत्ता खेलकुद इतिहास र पप संस्कृतिको ऐतिहासिक अंश भएको बताए । उनले किनेका सबै जुत्ताहरू टोरन्टोमा रहेको उनको निजी गाडी संग्रहालयमा प्रदर्शनमा राखिने बताएका छन् ।

यसअघि कुनै पनि जुत्ताका लागि तिरिएको सबैभन्दा उच्च रकम एक लाख ९० हजार तीन सय ७३ डलर मानिएको छ । सो रकममा माइकल जोर्डनले सन् १९८४ को ओलिम्पिकको बास्केटबल फाइनलमा लगाएको हस्ताक्षरसहितको कन्भर्स जुत्ता सन् २०१७ मा बिक्री गरिएको थियो ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares