Friday, April 26
Shadow

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघ पनि समातियो


  • -इ
  • इ+

बर्दिया, चैत ६ । बर्दियाको मधुवन नगरपालिकाको सामुदायिक वन क्षेत्रबाट अर्को नरभक्षी पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बेहोस बनाएर बिहीबार दिउँसो करिब १४ वर्ष उमेरको बयस्क भाले पाटेबाघलाई नियन्त्रणमा लिएको हो ।

मधुवन नगरपालिका–३ स्थित खाता जैविक मार्गको गौरी सामुदायिक वनमा डार्ट गरेर नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डाक्टर रविन कडरियाले जानकारी दिएका छन् ।

यसअघि गएको बुधबार पनि बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट एउटा नरभक्षी बाघ नियन्त्रणमा लिइएको थियो । एक साताअघि मधुवन नगरपालिका–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बाघले मारेपछि निकुञ्जले त्यस क्षेत्रमा आठ वटा क्यामेरा जडान गरेको थियो ।

बिहीबार नियन्त्रणमा लिएको बाघ क्यामेरामा चार पटक कैद भएपछि प्राविधिक टोली खटाएर त्यसलाई नियन्त्रणमा लिइएको कडरियाले जानकारी दिए । निकुञ्ज प्रशासनले समातिएका दुबै बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जको खोरमा राख्ने तयारी गरेको छ ।

"Interview Nepal!"

यो नेपाली/अंग्रेजी भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : ईन्टरभ्यु नेपाल’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्

shares